बाजुरा र हुम्लाको सीमा विवाद हल गर्न कर्णालीका मुख्यमन्त्रीको प्रधानमन्त्रीलाई पत्र

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

16
Share
Featured

सुर्खेतकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्लासुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री शाहलाई बिहीबार एक पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण त्यसका नागरिकबिच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको उल्लेख गरेका छन्।

कँडेलले प्रधानमन्त्री शाहलाई लेखेको पत्रमा दुई जिल्लाको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजगता अपनाउनुपर्नेमा समेत जोड दिएका छन्।

उनले विवाद समाधानको सङ्घीय सरकारले आवश्यक पहल गर्नुपर्ने उल्लेख गरेका छन्।

यो समाचारमा

सुर्खेतकर्णाली प्रदेशबालेन्द्र शाह (बालेन)बाजुरा
हुम्ला6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही

    काठमाडौँ, जेठ २१ भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (PIS) अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...