हर्क साम्पाङको टिप्पणी : कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

9
Share
Featured

काठमाडौँ

श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने अवस्था भए मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड देखाएर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए।

सांसद राईले सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखिएका प्रश्नको जवाफ अहिलेसम्म नपाएको गुनासो गरे। उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले सम्हालेकाले लिपुलेक सीमा र सुरक्षा सम्बन्धी प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले संसद्मा आएर दिनुपर्ने माग गरेका छन्।

यो समाचारमा

डोल प्रसाद अर्यालकाठमाडौँश्रम संस्कृति पार्टीबालेन्द्र शाह (बालेन)
हर्कराज साम्पाङ राई4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सीमा बिवाद समाधानमा कूटनीतिक प्रयास अपरिहार्य

    काठमाडौँ।  राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् । सदस्यहरूले राष्ट्रियसभाको आजको बैठकमा नेपाल–भारत सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् । सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए ।

    Data is loading...

    Loading brands...

    Loading footer...