वीरगञ्जमा विश्व सडक सुरक्षा सप्ताह: दुर्घटना न्यूनीकरणका लागि सडक मै ट्राफिक सचेतना

Author

सजिलो पत्रिका

२०८३ जेठ ०३, आइतबार

14
Share
Featured

            • जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा 'विश्व सडक सुरक्षा सप्ताह २०२६' अन्तर्गत वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम गरिएको छ।
            • वीरगञ्जको व्यस्त माईस्थान-घण्टाघर क्षेत्रमा सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिएको छ।
            • जिल्ला ट्राफिक प्रमुख युवराज कटवालका अनुसार यसपटक विशेष गरी जोखिममा रहने साइकलयात्री र रिक्साचालकहरूलाई लक्षित गरिएको छ।
            • ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न सडकका साथै विभिन्न विद्यालयहरूमा पुगेर पनि सचेतना जगाउने कार्यलाई निरन्तरता दिँदै आएको छ।
            • उक्त कार्यक्रम सफल पार्न वडा प्रहरी कार्यालय विर्ता–श्रीपुर र वीरगञ्ज युवा समाजले आबद्ध भएर समन्वय गरेका छन्।
            समाचार सारांशGenerated using AI.

            पर्सा, ०३ जेठ

            जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ। सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो।

            जिल्ला ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै साइकलयात्री तथा रिक्साचालकलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको बताए। “सवारी दुर्घटना परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ। त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ लागिरहेका छौँ,” उनले भने, “कार्यालयले ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ। विद्यालय–विद्यालयमा पुगेर पनि ट्राफिक जनचेतना कार्यक्रम गर्दै आइरहेका छौँ।” सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता–श्रीपुर र वीरगञ्ज युवा समाजको समन्वयमा सो सचेतनामूलक कार्यक्रम सहभागी भएका थिए।

            यो समाचारमा

            यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

              कुल मतदान: 0

              सम्बन्धित समाचार

              sajilo patrika

              बालविवाहका सूचना दर्ता बढ्दो ।

              झापा ।  बितेका  १० महिनामा  कोशी प्रदेशमा बाल हेल्पलाइन सेवामा ३८ बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता

              Data is loading...

              Loading brands...

              Loading footer...