परराष्ट्र मन्त्रालयद्वारा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ सुरु

Author

सजिलो पत्रिका

२०८३ जेठ ०२, शनिबार

15
Share
Featured

काठमाडौँ

परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले संयुक्त रूपमा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात गरेका छन्। यस कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले गरेका हुन्।

मन्त्रालयका अनुसार नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक प्रणालीलाई थप प्रभावकारी बनाउन उद्देश्य राख्दै यो इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा नीतिगत अध्ययन र अनुसन्धानलाई विशेष प्राथमिकता दिइनेछ।

यस इन्टर्नसिपका लागि रणनीतिक मामिला, विकास तथा वित्त, उदीयमान प्रविधि, स्वच्छ ऊर्जा तथा नेपाली डायस्पोरा सम्बन्धी पाँच प्रमुख क्षेत्रहरू निर्धारण गरिएको छ। यी क्षेत्रहरूमा गहिरो अध्ययन तथा अनुसन्धान गरी नीति निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

कार्यक्रमले स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विज्ञहरूको ज्ञान, अनुभव र क्षमतालाई राष्ट्रिय नीति निर्माणसँग जोड्ने उद्देश्य लिएको छ। परराष्ट्र मन्त्रालयले यस पहलले नेपालको कूटनीतिक क्षमतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बिजुलीमा कर लगाउने सरकारको निर्णय 'उल्टो बाटो'- महासचिव पोखरेल

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिजुली खपतमा कर लगाउने निर्णय गरेको भन्दै त्यसलाई 'उल्टो बाटो' को संज्ञा दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि पोखरेलले

    Data is loading...

    Loading brands...

    Loading footer...