नीति तथा कार्यक्रम समाजवाद उन्मुख हुनुपर्ने नेकपा मुख्य सचेतक दुलालको जोड

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

14
Share
Featured
  • नेकपा मुख्य सचेतक युवराज दुलालले सरकारको नीति तथा कार्यक्रम समाजवाद उन्मुख स्पष्ट दिशासहित हुनुपर्ने बताएका छन्।
  • उनले ३० हजार मेगावाट विद्युत उत्पादन र ७ प्रतिशत आर्थिक वृद्धिजस्ता लक्ष्यका लागि ठोस कार्यान्वयन आधार नभएको टिप्पणी गरे।
  • साथै उनले वन–खनिज स्रोतको उपयोग, किसान क्षतिपूर्ति, र प्रदेश प्रहरी समायोजन तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारको आगामी नीति तथा कार्यक्रम समाजवाद उन्मुख हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभामा जारी छलफलका क्रममा उनले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य नीति तथा कार्यक्रममा झल्किनुपर्नेमा जोड दिए।

उनका अनुसार सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य सकारात्मक भए पनि त्यसको वैचारिक र कार्यक्रमिक आधार स्पष्ट हुन आवश्यक छ। उनले संविधानमा उल्लेख गरिएको समानुपातिक र समावेशी सिद्धान्त व्यवहारमा कमजोर देखिएको टिप्पणी गरे।

दुलालले सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने र औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने जस्ता महत्वाकांक्षी लक्ष्य प्रस्तुत गरे पनि त्यसलाई कार्यान्वयन गर्ने ठोस आधार नदेखिएको बताए। उनका अनुसार केवल कानुनी तथा संरचनागत सुधारले मात्र यस्ता ठूला लक्ष्य हासिल गर्न सम्भव छैन।

उनले मुलुकको वन तथा खनिज सम्पदाको उपयोगमा सरकारको ध्यान पर्याप्त नपुगेको उल्लेख गर्दै युरेनियम, ग्रेनाइट, मार्बल, फलाम र पेट्रोलियम जस्ता स्रोतको उपयोगले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने धारणा राखे।

साथै, कृषि क्षेत्रमा बाँदर र बँदेल जस्ता वन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति तथा बीमा व्यवस्था गर्नुपर्ने, र किसानलाई प्रोत्साहित गर्न कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए। उनले संघीयताको सुदृढीकरणका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गरेका छन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टीकाठमाडौँप्रतिनिधि सभायुवराज दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुसले गर्यो युक्रेनमा व्यापक हवाई आक्रमण - २२ को मृत्यु ,दर्जनौ घाईते ।

    किएभ ,युक्रेन :  रुसले  व्यापक हवाई  आक्रमण गरेका युक्रेनका विभिन्न सहरहरूमामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।आक्रमणमा परी दर्जनौ घाईते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभ सहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।युक्रेनी अधिकारीहरूका

    Data is loading...

    Loading brands...

    Loading footer...