मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

Author

सजिलो पत्रिका

२०८३ वैशाख २८, सोमबार

18
Share
Featured

काठमाडौँ, २८ वैशाख

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो । आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

यो समाचारमा

रामचन्द्र पौडेलसस्मित पोखरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बारामा रास्वपा जिल्ला भेलामा कुटपिट र झडपः ३ जना घाइते

    बारा । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा झडपको अवस्था सिर्जना हुदाँ तीन जना घाइते भएका छन् । जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारणसदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गर्ने क्रममा झडपको अवस्था सिर्जना भएको हो । पार्टी जिल्ला अध्यक्षबाट कारबाहीमा परेका स्वर्णकारले नियोजित

    Data is loading...

    Loading brands...

    Loading footer...