नेकपाले ३२ जनवर्गीय सङ्गठनको नेतृत्व टुङ्ग्यायो

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

14
Share
Featured
  • नेकपा ले ३२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्जहरूको जिम्मेवारी टुङ्ग्याएको छ।
  • विभिन्न महासंघ तथा सङ्गठनहरूमा नेता तथा कार्यकर्ताको नेतृत्व तोकिएको छ, जसमा किसान, महिला, युवा, विद्यार्थी र ट्रेड युनियनसमेत समावेश छन्।
  • निर्णय पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनअनुसार गरिएको हो।
समाचार सारांशGenerated using AI.

२७ बैशाख ,काठमाण्डौ   ।

नेपाल कम्युनिस्ट पार्टि (नेकपा) ले जनवर्गीय सङ्गठनहरूको जिम्मेवारी टुङ्ग्याएको छ।

भर्खरै सम्पन्न संयोजन समितिको बैठकले ३२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सह -इन्चार्जहरूको नाम टुङ्गो लगाएको हो।

पार्टीका संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले शनिबार हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी)–३ अनुसार विभिन्न संगठनहरूको नेतृत्व तोकिएको हो।

निर्णयानुसार अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी र सह-इन्चार्ज कुमार पौडेल तोकिएका छन्। अखिल नेपाल महिला सङ्गठनको इन्चार्ज जयन्ती राई र सह-इन्चार्ज कमला रोका बनेका छन्। सहिद, बेपत्ता तथा घाइते योद्धा सङ्गठनको इन्चार्ज हितराज पाण्डे, सह-इन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे रहेका छन्।

त्यस्तै आदिवासी जनजाति महासंघको इन्चार्ज सुरेश आले मगर र सह-इन्चार्ज पासाङ शेर्पा, इन्जिनियरिङ एशोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने र सह-इन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज विरोध खतिवडा र सह-इन्चार्ज कृष्ण आचार्य तोकिएका छन्।

कानुन व्यवसायी सङ्गठनको इन्चार्ज पूर्णबहादुर घर्ती र सह-इन्चार्ज रामकुमार ज्ञवाली, खेलकुद महासंघको इन्चार्ज केशव विष्ट र सह-इन्चार्ज शिव कोइराला, जन-सांस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन र सह-इन्चार्ज इधरचन्द्र ज्ञवाली तथा उदय श्रेष्ठ रहेका छन्।

त्यसैगरी ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य र सह-इन्चार्ज विष्णु लम्साल, दलित सङ्गठनको इन्चार्ज गणेश विक र सह-इन्चार्ज दलजित श्रीपाली, विद्यार्थी सङ्गठनको इन्चार्ज रत्न ढकाल र सहइन्चार्ज सुदेश पराजुली, तथा प्रेस सङ्गठनको इन्चार्ज प्रकाश ज्वाला र सहइन्चार्ज विष्णु सापकोटा र शम्भु श्रेष्ठ रहेका छन्।

यसैगरी युवा सङ्गठन, शिक्षक सङ्गठन, सहकारी सङ्गठन, स्वास्थ्यकर्मी सङ्गठन, सुकुम्बासी महासंघ लगायत अन्य विभिन्न जनवर्गीय संगठनहरूको नेतृत्व पनि तोकिएको नेकपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुधन गुरुङबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ।तत्कालीन गृहमन्त्री सुदन गुरुङमाथि लागेको अकुत सम्पत्तिको आरोपबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आफ्नो प्रतिवेदन बुझाएको छ। जेठ १८ गते म्याद सकिएको समितिले पाँच दिनको थप समय लिएर प्रतिवेदन तयार पारेको हो।सम्पत्तिको स्रोत नखुलेको र अकुत सम्पत्ति जोडेको समाचार सार्वजनिक भएपछि गुरुङले गत वैशाख ९

    Data is loading...

    Loading brands...

    Loading footer...