कीर्तिपुर होल्डिङ सेन्टरमा बसोबास गरिरहेका युवाले सिक्दैछन् सीप

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

6
Share
Featured
  • सुकुम्बासी बस्ती हटाइएका नागरिकलाई कीर्तिपुर, बोडे र खरिपाटीका होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ।
  • होल्डिङ सेन्टरमा बस्दै आएका युवाहरूले कपडामा बुट्टा हाल्ने लगायत विभिन्न सीप सिक्न थालेका छन्।
  • सीप सिकाइबाट समय सदुपयोग हुनुका साथै भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने सहभागीहरूको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाएपछि ती स्थानबाट स्थानान्तरण गरिएका नागरिकलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्दै आएको छ। दशरथ रंगशालामा प्रारम्भिक स्क्रिनिङपछि उनीहरूलाई कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा रहेका होल्डिङ सेन्टरमा राखिएको छ।

होल्डिङ सेन्टरमा बस्दै आएका युवाहरू हाल विभिन्न सीप सिक्न थालेका छन्। सिनामंगल गैरीगाउँबाट स्थानान्तरण भई कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै आएका ४२ वर्षीय रबानी अन्सारीले त्यहाँ रहेका इच्छुक व्यक्तिहरूलाई कपडामा बुट्टा हाल्ने सीप सिकाइरहेका छन्। उनी लामो समयदेखि यो पेशामा संलग्न रहँदै आएका छन्।

अन्सारीले होल्डिङ सेन्टरमा बस्ने अन्य युवाहरूलाई निःशुल्क रूपमा सीप हस्तान्तरण गर्दै आएको बताएका छन्। उनका अनुसार यो पेशाबाट राम्रो आम्दानी गर्न सकिने र बजारमा पनि यसको माग उच्च रहेको छ।

सीप सिकिरहेका सुमिन मगरले पहिले दिनभर खाली बस्नुपर्ने अवस्था रहे पनि अहिले समय उपयोगी बनेको बताएका छन्। उनले बुट्टा हाल्ने काम सिकेपछि दिन उपयोगी र व्यस्त भएको अनुभव सुनाए।

अन्सारीले इच्छुक जोकोहीलाई पनि निःशुल्क रूपमा सीप सिकाउन तयार रहेको बताउँदै यसले भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो समाचारमा

दशरथ रंगशालाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

    वीरगन्ज ,पर्सा ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाकाबाट रु २० अर्ब ७९ करोड मूल्य बराबरको को खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात  मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी

    Data is loading...

    Loading brands...

    Loading footer...