काठमाडौँ
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।
महासंघले तोकेको नयाँ दरअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार भने सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ पुगेर ऐतिहासिक उच्च बिन्दुमा कारोबार भएको थियो।
त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँ रहेको थियो।
आजका लागि १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ४० रुपैयाँ कायम गरिएको छ।