पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी निष्ठा नत्याग्ने नेता : स्मृति दिवसमा स्मरण

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

9
Share
Featured

काठमाडौँ

नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको २७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ।

मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको सानेपास्थित अधिकारीको शालिकमा माल्यार्पण गर्दै स्मृति सभा आयोजना गरेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले अधिकारीलाई अविचलित निष्ठा र राजनीतिक इमानदारीको प्रतीकका रूपमा स्मरण गरेका छन्।

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीको योगदानको चर्चा गर्दै उनलाई निष्ठावान् नेताको रूपमा चित्रण गरे। उनले मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न प्रतिष्ठानका पूर्वपदाधिकारीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

पोखरेलले अधिकारी नेकपा स्थापनाअघिदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई जेलजीवनसमेत बिताएको स्मरण गरे।

त्यसैगरी, कार्यक्रममा एमाले नेता प्रदीपकुमार ज्ञवालीले राजनीतिक क्षेत्रमा केही अतिवादी सोच बढ्दै गएको भन्दै परिपक्व नेतृत्व र युवा पुस्ताको संयोजनबाट मात्र देशको विकास सम्भव हुने धारणा राखे।

वक्ताहरूले पूर्वप्रधानमन्त्री अधिकारीलाई प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेताका रूपमा स्मरण गर्दै उनको योगदान नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण रहेको बताएका थिए।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ललितपुरकाठमाडौँमनमोहन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन,शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न ।

    काठमाडौँ ।   काठमाडौँ विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।गठित समितिको संयोजकमा सहकुलपति मन्त्री

    Data is loading...

    Loading brands...

    Loading footer...