मनमोहन अस्पतालमा तनाव, उपचारमा लापरवाहीको आरोप लगाउँदै आफन्तद्वारा अस्पताल घेराउ

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

8
Share
Featured
  • मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूमा उपचारका क्रममा तारा लामिछानेको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।
  • धादिङमा सवारी दुर्घटनापछि राति ११ बजे अस्पताल ल्याइएका लामिछानेको ४ घण्टासम्म प्रभावकारी उपचार नभएको आरोप आफन्तले लगाएका छन्; मंगलबार बिहान २ बजे उनको मृत्यु भएको जनाइएको छ।
  • उपचारमा लापरवाही भएको भन्दै आफन्तले विरोध प्रदर्शन गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ; अस्पताल प्रशासनले भने हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। अस्पतालकै प्रशासन शाखामा कार्यरत तारा लामिछानेको मृत्यु भएपछि आफन्तले उपचारमा लापरवाही र ढिलासुस्ती भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।

सोमबार राति १० बजे धादिङमा सवारी दुर्घटनामा परेका लामिछानेलाई उपचारका लागि राति ११ बजेतिर सोही अस्पताल ल्याइएको थियो। मृतकका आफन्तका अनुसार अस्पताल ल्याउँदासम्म उनी बोलिरहेका थिए, तर आकस्मिक कक्षमा ल्याएपछि ४ घण्टासम्म पनि प्रभावकारी उपचार नहुँदा मंगलबार बिहान २ बजे उनको मृत्यु भएको हो।

"आफैँले काम गर्ने अस्पताल भएकाले भरोसा गरेर यहाँ ल्यायौँ, तर दुर्घटनाको बिरामीलाई तुरुन्तै उपचार गर्नुको साटो लापरवाही गरियो," मृतकका भिनाजु दिपकप्रसाद भट्टले आरोप लगाए। अस्पतालमा आफन्तको विरोध र तनाव बढेपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अस्पताल प्रशासनले भने यसबारे हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

यो समाचारमा

धादिङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन,शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न ।

    काठमाडौँ ।   काठमाडौँ विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।गठित समितिको संयोजकमा सहकुलपति मन्त्री

    Data is loading...

    Loading brands...

    Loading footer...