भोजपुरमा सेनाको बस दुर्घटना,२४ जना घाइते

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

14
Share
Featured
  • निर्वाचन सुरक्षाका लागि जाँदै गरेको नेपाली सेना को बस भोजपुरको सेती बगरमा दुर्घटना हुँदा २४ सैनिक घाइते भएका छन्।
  • घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ, अन्यको उपचार भोजपुर अस्पतालमा भइरहेको छ।
  • बसमा सवार २६ जनामध्ये एक जमदार र एक सैनिक सकुशल रहेका छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भोजपुरको दावाँस्थित सेती बगरमा निर्वाचन सुरक्षाका लागि खटिएको नेपाली सेनाको बस दुर्घटना भएको छ। टेम्केमैयुङमा बेस क्याम्प स्थापना गर्न जाँदै गरेको श्रीनाथ गणको ना. ४ ख ७३१७ नम्बरको बस बुधबार सडकबाट करिब ५०० मिटर तल खस्दा २४ जना सैनिक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजु लामाका अनुसार बसमा कुल २६ जना सवार थिए। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई दुईवटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेहरूको भोजपुर अस्पतालमा उपचार भइरहेको छ।

बसमा सवार एक जमदार र एक सैनिक कर्मचारी भने सकुशल रहेका छन्। निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन जाँदै गर्दा भएको यो दुर्घटनाले सुरक्षा निकायमा चिन्ता थपेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

नेपाली सेनाकाठमाडौँभोजपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १४ कर्मचारीलाई ७ दिनभित्र जवाफ दिन आयोगको आदेश

    काठमाडौँ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रको अनियमितता र बेथिति छानबिनलाई तीव्र पार्दै १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागेको छ। 'सहकारी बेथिति जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनका आधारमा मन्त्रालयले सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।आयोगको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार

    Data is loading...

    Loading brands...

    Loading footer...