सेयरबजारमा २६ अंकको गिरावट, १० अर्ब ७७ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार

15
Share
Featured
  • सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेको छ, १० अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भयो।
  • २१२ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनीको मात्र बढ्यो, तर खानीखोला हाइड्रोपावरमा ९.९७% सकारात्मक सर्किट लाग्यो।
  • रिडी पावर सर्वाधिक कारोबार हुने कम्पनी बन्यो भने माया खोला र माबिलुङ इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमा २६.०५ अंकको गिरावट आएको छ। नेप्से परिसूचक २६७२.३९ विन्दुमा ओर्लिँदा २ करोड ६७ लाख कित्ता सेयर खरिदबिक्री भई १० अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कारोबार भएकामध्ये २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य बढेको छ। बजार घटे पनि खानीखोला हाइड्रोपावरको मूल्यमा ९.९७ प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै रिडी पावर, लिबर्टी इनर्जी र नेशनल हाइड्रोका लगानीकर्ताले पनि कमाएका छन्।

सर्वाधिक कारोबार हुने कम्पनीमा रिडी पावर अग्रस्थानमा रह्यो, जसको ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस्तै एसवाई प्यानल, आखुखोला जलविद्युत् र लिबर्टी इनर्जीको पनि उल्लेख्य कारोबार भएको नेप्सेले जनाएको छ। माया खोला र माबिलुङ इनर्जीका लगानीकर्ताले भने यस दिन सबैभन्दा धेरै गुमाएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

    वीरगन्ज ,पर्सा ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाकाबाट रु २० अर्ब ७९ करोड मूल्य बराबरको को खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात  मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी

    Data is loading...

    Loading brands...

    Loading footer...