आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका हिमपात र वर्षाको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

21
Share
Featured


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । ।
त्यसैगरी, महाशाखाका अनुसार आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ भने लुम्बिनी प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ । बाँकी अन्य क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि रहेको छ ।

यो समाचारमा

काठमाडौँकर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशबागमती प्रदेश
गण्डकी प्रदेश6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...