प्राधिकरणले काठमाडौँका यी स्थानमा आज काट्दैछ बिजुली

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

46
Share
Featured
  • नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती गर्ने जनाएको छ।
  • राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्यका क्रममा प्राविधिक उपकरण जडान गर्न कटौती गर्न लागिएको हो।
  • लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, बालुवाटार, राष्ट्रपति भवन र आसपासका क्षेत्रमा बिजुली प्रभावित हुनेछ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली कटौती हुन लागेको हो ।

प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, बिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुनेछ ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुनेछ ।

सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । 

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिले पनि बिजुली आपूर्ति हुन सक्ने प्राधिकरणले उल्लेख गरेको छ ।

यो समाचारमा

नेपाल विद्युत प्राधिकरणनेपाल प्रहरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौँ।भक्तपुर नगरपालिका–१० छालिङमा एक युवकले आफ्नी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। शंखरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई छालिङमा भाडामा बस्दै आएका विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिनाको हत्या गरेका हुन्।प्रहरीका अनुसार गएराति घरायसी विवादका क्रममा विदुरले खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको हो। सोही आक्रमणमा परी उनीहरूका आठ वर्षीय

    Data is loading...

    Loading brands...

    Loading footer...