काठमाडौंका यी स्थानमा आज बिजुली काटिँदै

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

38
Share
Featured
  • आज काठमाडौँका केही क्षेत्रमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीन फिडर प्रभावित छन्।
  • गणेशस्थान, भङ्गाल र शिवपुरी फिडरमा लोड व्यवस्थापन तथा नयाँ पासिकोट फिडरको ब्रेकर र भूमिगत तार चार्ज गर्न कटौती गरिनेछ।
  • बिहान ११:३० देखि अपराह्न २:०० बजेसम्म विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा, काम छिटो सकिएमा समयअघि नै विद्युत् आपूर्ति पुनः सुचारु हुने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो ।

सूचना अनुसार गणेशस्थान फिडरमा आज बिहान ११ः३० बजेदेखि अपराह्न १ः३० बजेसम्म भोटे चोक, गणेशस्थान आसपासका क्षेत्रका बिजुली कटौती हुनेछ । त्यस्तै भङ्गाल फिडरको तल्लो भङ्गाल, धोविखोला करिडोरलगायत क्षेत्रमा दिउँसो ११ः३० बजेदेखि अपराह्न १ः०० बजेसम्म बिजुली कटौती हुनेछ ।

यसैगरी शिवपुरी फिडरको बुढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायत क्षेत्रमा दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा सूचनामा उल्लेखित समयभन्दा अगावै बिजुली नियमित हुने प्राधिकरणले जनाएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल विद्युत प्राधिकरणबुढानीलकण्ठ  नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्राफिक उल्लङ्घन - कारबाहीबाट राजस्व सङ्कलन

    काठमाडौँ।  ट्राफिक उल्लङ्घन कारबाहीबाट  गत २४ घण्टामा राज्यकोषमा रु. २७ लाख ३६ हजार ५ सय १ राजस्व दाखिला भएको छ । कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरे बापत  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’

    Data is loading...

    Loading brands...

    Loading footer...