तारकेश्वरका जोखिमपूर्ण सडकमा 'गति सीमित' संकेत बोर्ड जडान

Author

निरन्जन कार्की

२०८२ पुस २९, मङ्गलबार

56
Share
Featured
  • ट्राफिक सप्ताहको अवसरमा तारकेश्वर नगरपालिकाका दुर्घटना जोखिमयुक्त स्थानहरूमा ट्राफिक सचेतना साइन बोर्ड जडान गरिएको छ।
  • ट्राफिक प्रहरी प्रभाग नेपालटारको अगुवाइमा फुटुङ सरोकार मञ्च र लियो क्लब अफ काठमाडौं ड्रिमर्सको सहकार्यमा ‘गति सीमित’ बोर्डहरू राखिएका हुन्।
  • तीव्र गतिका कारण बारम्बार दुर्घटना हुने स्थानमा जडान गरिएका बोर्डले चालकलाई सतर्क गराई दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ट्राफिक सप्ताहको अवसरमा तारकेश्वर नगरपालिकाका विभिन्न दुर्घटना जोखिमयुक्त स्थानहरूमा ट्राफिक सचेतना संकेत बोर्ड जडान गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी प्रभाग नेपालटारको अगुवाइमा यो अभियान सञ्चालन गरिएको हो ।

फुटुङ सरोकार मञ्च र लियो क्लब अफ काठमाडौं ड्रिमर्सको सहकार्यमा चिसापानी, सानोबाईपास, जरंखु, शान्तिटोल र नेपालटार लगायतका सडकमा 'गति सीमित' लेखिएका साइन बोर्डहरू राखिएको छ ।

नेपालटार ट्राफिक प्रभागका इन्चार्ज सुरेश कार्कीका अनुसार, यी स्थानहरूमा तीव्र गतिका कारण दैनिकजसो दुर्घटना हुने गरेको थियो । विशेषगरी चिसापानी क्षेत्रमा हालसम्म ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।

स्थानीय निकायले सडक सुरक्षामा चासो नदेखाएपछि सामाजिक संस्थाहरूसँग सहकार्य गरेर यो काम गरिएको इन्चार्ज कार्कीले बताए । जडान गरिएका संकेत बोर्डले चालकहरूलाई सतर्क गराउने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा एकैदिन १९ सय बढी सवारीचालक कारबाहीमा

     काठमाडौँ ।काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने १ हजार ९५७ जना सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमा मादकपदार्थ सेवन (मापासे) गर्ने २३, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १४४, ट्राफिक संकेत

    Data is loading...

    Loading brands...

    Loading footer...