एनआरएनए अमेरिकाले गर्‍यो मन्त्री गुप्ताको भ्रमणको खण्डन

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

30
Share
Featured
  • एनआरएनए एनसीसी अमेरिका स्पष्ट पार्दै नेपालका युवा मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको जानकारी दियो।
  • संस्थाले आफ्नो नाम, लोगो र वेबसाइटको दुरुपयोग गरी गरिएका अनधिकृत कार्यक्रम र गैरकानुनी गतिविधिमा कुनै संलग्नता नभएको जनाएको छ।
  • आधिकारिक स्वीकृतिबिना गरिएका कुनै पनि भ्रमण, कार्यक्रम वा आर्थिक संकलन अवैध ठहरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गैर‑आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले नेपालका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आफूहरूले कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ ।

एनआरएनए अमेरिकाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संस्थाको आयोजनामा अमेरिकामा कुनै पनि युवा सम्मेलन वा कार्यक्रम आयोजना नभएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “संघले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पार्दछौँ ।”

एनआरएनए अमेरिकाले आफ्नो संस्थाको नाम, लोगो र वेबसाइटको दुरुपयोग गरी अनधिकृत कार्यक्रम र मानव तस्करी जस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको सूचना प्राप्त भएको भन्दै त्यस्ता गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

संस्थाको आधिकारिक स्वीकृतिबिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण वा आर्थिक संकलन पूर्ण रूपमा अवैध ठहरिने विज्ञप्तिमा उल्लेख छ । यसअघि नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्री गुप्तालाई अमेरिकामा हुने एनआरएनए युवा सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको थियो ।


यो समाचारमा

काठमाडौँगैर‑आवासीय नेपाली संघबब्लु गुप्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सीमा बिवाद समाधानमा कूटनीतिक प्रयास अपरिहार्य

    काठमाडौँ।  राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन् । सदस्यहरूले राष्ट्रियसभाको आजको बैठकमा नेपाल–भारत सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका हुन् । सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए ।

    Data is loading...

    Loading brands...

    Loading footer...