उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालक घाइते, चालक फरार

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

18
Share
Featured
  • मोरङ, उर्लाबारी–१ मा ४ वर्षीय बालक मनिष पोखरेल मोटरसाइकल ठक्करबाट घाइते।                               
  • बालकको निधार र चिउँडोमा सामान्य चोट, अवस्था सामान्य; उपचारका लागि मदन भण्डारी अस्पताल पठाइएको।
  • मोटरसाइकल चालक फरार, प्रहरी टोलीले खोजी जारी राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मोरङको उर्लाबारी नगरपालिका–१ मा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । आज बिहान करिब ११ बजेतिर उर्लाबारी-मधुमल्ला सडकखण्डमा खेल्दै गरेका स्थानीय कृष्ण पोखरेलका ४ वर्षीय छोरा मनिष पोखरेललाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको हो ।

ठक्करबाट बालकको निधार र चिउँडोमा सामान्य चोट लागेको छ । उनको अवस्था सामान्य रहेको र उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै मोटरसाइकल चालक फरार भएका छन् । इलाका प्रहरी कार्यालय, उर्लाबारीबाट खटिएको प्रहरी टोलीले फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।

यो समाचारमा

उर्लाबारी नगरपालिकामोरङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्राफिक उल्लङ्घन - कारबाहीबाट राजस्व सङ्कलन

    काठमाडौँ।  ट्राफिक उल्लङ्घन कारबाहीबाट  गत २४ घण्टामा राज्यकोषमा रु. २७ लाख ३६ हजार ५ सय १ राजस्व दाखिला भएको छ । कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरे बापत  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’

    Data is loading...

    Loading brands...

    Loading footer...