आज ‘क्रिसमस डे’ मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

19
Share
Featured
  • नेपालमा आज येशु ख्रीष्टको जन्मजयन्तीको अवसरमा क्रिसमस डेलाई धार्मिक तथा सामाजिक-सांस्कृतिक उत्सवका रूपमा काठमाडौं, पोखरा र सौराहा जस्ता प्रमुख पर्यटकीय सहरहरूमा उल्लासपूर्वक मनाइँदैछ।
  • नेपाल ख्रिष्टियन महासङ्घले प्रेम, शान्ति र मुक्तिको सन्देशसहित 'क्रिसमस महोत्सव २०८२' आयोजना गरेको छ, जसमा सरकारी प्रतिनिधि र विभिन्न समुदायको सहभागिता रहनेछ।
  • विसं २०७८ देखि सरकारले यस दिन पुनः सार्वजनिक बिदा दिन थालेको छ भने हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्चहरू रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

क्रिश्चियन समुदायले आज येशु ख्रीष्टको जन्मस्मृतिमा क्रिसमस डे मनाउँदै छन् । पछिल्ला वर्षहरूमा धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक–सांस्कृतिक उत्सवका रूपमा पनि क्रिसमस नेपालका प्रमुख सहरहरूमा उल्लासपूर्वक मनाउन थालिएको छ ।

क्रिसमसको अवसरमा राजधानी काठमाडौंसहित ठमेल, बौद्ध, पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रहरू सजावट र रौनकले भरिएका छन् । मुख्य सहरका सार्वजनिक स्थलमा क्रिसमस ट्रि, बत्ती र सजावट देखिन थालेका छन् भने होटल, रेष्टुरेन्ट र पर्यटन व्यवसायमा समेत चहलपहल बढेको छ ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव समुदायलाई प्रेम, शान्ति र मुक्ति दिएको विश्वासका आधारमा क्रिसमसलाई ती तीन मूल्यको उत्सवका रूपमा मनाउने गरिन्छ । महासङ्घले विसं २०६३ पछि क्रिसमसलाई संगठित रूपमा महोत्सवको रूप दिएको हो ।

आज महासङ्घ मूल समारोह समितिको आयोजनामा ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ । महोत्सवमा सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानव अधिकारकर्मी र विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ ।

क्रिसमस डेका अवसरमा नेपालमा सार्वजनिक बिदा दिने व्यवस्था पनि समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएकोमा केही वर्ष क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि भने पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ ।

महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन् । बढ्दो सहभागिता र सार्वजनिक चासोका कारण क्रिसमस नेपालमा बहुसांस्कृतिक उत्सवको रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

यो समाचारमा

काठमाडौँसौराहाक्रिसमसपोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेठ १८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

    मेषः अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमशस् सुधार आउनेछ।वृषः हडबडले काम बिग्रनेछ भने

    Data is loading...

    Loading brands...

    Loading footer...