युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

12
Share
Featured
  • बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै निर्वाचित जनादेशबिना परराष्ट्र नीति र रणनीतिक निर्णय लिनु देशका लागि खतरनाक हुने चेतावनी दिइन्।
  • उनले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई राजनीतिक दमन भन्दै अस्वीकार गरिन् र अवामी लिगबिनाको चुनावलाई “निर्वाचन होइन, राज्याभिषेक” को संज्ञा दिइन्।
  • भारत–बंगलादेश सम्बन्धमा आएको तनाव युनुस सरकारकै कारण भएको आरोप लगाउँदै अतिवाद र धार्मिक अल्पसंख्यकमाथि आक्रमण बढेको भन्दै यसले दक्षिण एशियाली स्थायित्वमा खतरा सिर्जना गर्ने बताइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् । उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पु-याउन सक्ने चेतावनी दिइन् ।

एएनआईसँगको इमेल अन्तर्वार्तामा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई “न्यायको नाममा राजनीतिक हत्या” भन्दै अस्वीकार गरिन् । आफूलाई आत्मरक्षा गर्ने अवसर नदिइएको र अवामी लिगविरुद्ध योजनाबद्ध राजनीतिक दमन गरिएको उनको आरोप छ ।

आगामी फेब्रुअरीमा तय गरिएको निर्वाचनप्रति पनि उनले गम्भीर प्रश्न उठाइन् । प्रतिबन्धित अवामी लिगबिना हुने चुनावलाई उनले “निर्वाचन होइन, राज्याभिषेक” को संज्ञा दिँदै युनुस सरकारले जनताको मतबिना शासन गरिरहेको आरोप लगाइन् ।

भारत–बंगलादेश सम्बन्धबारे बोल्दै शेख हसिनाले दुवै देशबीचको सम्बन्ध ऐतिहासिक र आधारभूत रहेको बताइन् । हाल देखिएको तनाव युनुस सरकारकै कारण भएको भन्दै उनले भारतप्रति शत्रुतापूर्ण अभिव्यक्ति, धार्मिक अल्पसंख्यकमाथि आक्रमण र अतिवादीहरूको प्रभाव बढेको आरोप लगाइन् ।

उनले भारतप्रति आभार व्यक्त गर्दै आफू न्यायबाट भाग्न नभई रक्तपात रोक्न देश छाडेको स्पष्ट पारिन् । युनुस सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजान चुनौती दिँदै निष्पक्ष अदालतले आफूलाई निर्दोष ठहर गर्ने विश्वास व्यक्त गरिन् ।

इस्लामवादी प्रभाव बढ्दै गएको विषयमा पनि चिन्ता व्यक्त गर्दै शेख हसिनाले अतिवादीहरूलाई सरकार र सार्वजनिक जीवनमा स्थान दिइएको आरोप लगाइन् । यसले केवल भारत मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली स्थायित्वमा चासो राख्ने देशहरूलाई चिन्तित बनाउनु पर्ने उनको भनाइ छ।

यो समाचारमा

काठमाडौँबंगलादेशशेख हसीनाभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन,शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न ।

    काठमाडौँ ।   काठमाडौँ विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।गठित समितिको संयोजकमा सहकुलपति मन्त्री

    Data is loading...

    Loading brands...

    Loading footer...