दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

8
Share
Featured

दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ योगदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीका अध्यक्ष संजय जोशीले अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन्।

अर्थमन्त्रीले कोषमा गरिएको सहयोगप्रति कम्पनीलाई धन्यवाद ज्ञापन गरेका छन्।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भाद्र २३–२४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतकार्यमा सहयोग गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीस लाख रुपैयाँको योगदान गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

बिहिबार अर्थ मन्त्रालयमा पुगी कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले बीस लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

अर्थमन्त्रीले कम्पनीको योगदानका लागि धन्यवाद ज्ञापन समेत गरेका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    त्रिभुवन विमानस्थलमा अवतरण गरेको जहाजमा वृद्ध मृत फेला

    काठमाडौँ।अमेरिकाबाट नेपाल फर्किँदै गरेका गोरखाका ७३ वर्षीय श्यामहरि महरहट्टाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजभित्रै मृत्यु भएको छ। टर्किस एयरलाइन्सको जहाजमार्फत आज बिहान काठमाडौं आइपुगेका उनी जहाजभित्रै अचेत अवस्थामा फेला परेका थिए।विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार अचेत भेटिएका महरहट्टालाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका

    Data is loading...

    Loading brands...

    Loading footer...