मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

28
Share
Featured

काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले सरकारको औपचारिक स्थायित्वका लागि विश्वासको मत लिन लागेका हुन् ।

सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् ।

विश्वासको मत अघि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन्। हाल सरकारमा मुख्यमन्त्री यादवसहित जनमत पार्टीका महेश प्रसाद यादव, कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल मन्त्रीका रूपमा रहेका छन् । यद्यपि सरकारलाई समर्थन गरेका लोसपा, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी भने हालसम्म मन्त्रिपरिषद्मा सहभागी भएका छैनन् ।

यो समाचारमा

काठमाडौँनागरिक उन्मुक्ति पार्टीनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्रीको तथ्यहीन अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद शाहीको माग

    काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिए।प्रधानमन्त्री शाहले आइतबारको बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको' भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...