एमाले महाधिवेशनबारे अध्यक्ष ओलीले आज सम्पादकहरूसँग छलफल गर्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

14
Share
Featured
  • नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्दैछन्।
  • छलफल मंसिर २७–२९ मा काठमाडौंमा हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी र एजेन्डाबारे केन्द्रित छ।
  • कार्यक्रम दिउँसो १ बजे, कोटेश्वरस्थित होटल ए वान भेन्युमा आयोजना गरिएको छ।
  • महाधिवेशन नजिकिँदै जाँदा अन्य नेताहरूले जस्तै अध्यक्ष ओलीले पनि सञ्चारमाध्यममार्फत आफ्ना धारणा र तयारी सार्वजनिक गर्न लागेका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आज (बिहीबार) विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्दैछन् ।

यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुन लागेको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा अध्यक्ष ओलीले सम्पादकहरूसँग संवाद गर्न लागेका हुन् ।

छलफल कार्यक्रम दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा आयोजना गरिएको ओलीको सचिवालयले जनाएको छ । महाधिवेशन नजिकिँदै गर्दा पार्टीका अन्य नेताहरूले पनि विभिन्न कार्यक्रममार्फत आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यही क्रममा अध्यक्ष ओलीले महाधिवेशनका एजेन्डा र तयारीबारे सम्पादकहरूमार्फत जानकारी गराउन लागेका हुन् ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    त्रिभुवन विमानस्थलमा अवतरण गरेको जहाजमा वृद्ध मृत फेला

    काठमाडौँ।अमेरिकाबाट नेपाल फर्किँदै गरेका गोरखाका ७३ वर्षीय श्यामहरि महरहट्टाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजभित्रै मृत्यु भएको छ। टर्किस एयरलाइन्सको जहाजमार्फत आज बिहान काठमाडौं आइपुगेका उनी जहाजभित्रै अचेत अवस्थामा फेला परेका थिए।विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार अचेत भेटिएका महरहट्टालाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका

    Data is loading...

    Loading brands...

    Loading footer...