विद्या भण्डारीलाई एमालेले अन्याय गर्न मिल्दैन् : विनोद ढकाल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

56
Share
Featured
  • नेकपा एमाले नेता विनोद ढकालले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण रोक्नु अन्याय भएको बताएका छन् र आगामी महाधिवेशनले यस विषय सच्याउनुपर्ने बताए।
  • ढकालले पार्टी भित्र नेतृत्व चयन, जेनेरेशन आन्दोलन, युवाहरूको विदेश पलायन र आन्तरिक राजनीति सम्बन्धी आफ्नो दृष्टिकोण राख्दै महाधिवेशनमा निर्णय हुने बताए।
  • एमालेले ४० वर्षमुनिका प्रतिनिधि र नेतृत्वलाई बढावा दिँदै युवा पुस्तालाई वैचारिक प्रशिक्षण, संगठन सुदृढीकरण र नेतृत्वमा समावेश गर्ने योजना बनाएको ढकालले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या देवी भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिएका छन् । उनले भण्डारीमाथि अन्याय भएको दाबी गरे ।

कुराकारीमा ढकालले ३७ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय भण्डारीलाई पार्टी राजनीतिक जीवनमा फर्किन चाहने अधिकारबाट बन्चित गर्न नहुने बताए । आगामी महाधिवेशनले उक्त विषय सच्याउनुपर्ने धारणा राखे । भण्डारी राजनीतिक नेतृत्व र संघर्षको लामो इतिहास भएकाले उनलाई रोक्नु अन्याय भएको बताए । 

एमाले महाधिवेशन प्रतिनिधि समेत रहेका ढकालले पार्टीको ११‍औँ महाधिवेशन, नेतृत्व चयन, आन्तरिक राजनीति, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, हालको जेनेरेशन आन्दोलन, तथा युवाहरूको विदेश पलायनसम्मका विषयमा फरक कोणबाट आफ्नो धारणा राख्नेक्रममा आगामी नेतृत्व प्रतिस्पर्धाबाटै चयन हुने बताए । 

ढकालका अनुसार एमाले हाल पूर्ण रूपमा ११‍औँ महाधिवेशनको तयारीमा केन्द्रित छ । नेतृत्व चयनको विषयमा पार्टीभित्र बहस भइरहेको उनले बताए । प्रतिनिधिहरू छानिसक्दा केही स्थानमा विवाद हुँदा पुनः निर्वाचन चलिरहेको उनले जानकारी दिए ।

नेतृत्व सहमतिबाट बन्ने कि प्रतिस्पर्धाबाट भन्ने विषय महाधिवेशनको हलमै टुंगिने उनले उल्लेख गरे ।  पार्टीभित्रको अहिलेको बहसलाई ‘गुटबन्दी’ भन्न गलत हुने भन्दै उनले यो स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको बताए ।

अध्यक्ष खड्गप्रसाद शर्मा ओली र उपाध्यक्ष ईश्वर पोखरेल दुवै नेतृत्वका आकांक्षी हुनु स्वाभाविक भएको भन्दै ढकालले सहमतिका प्रयास भइरहे पनि सहमति नजुटे प्रतिस्पर्धा अपरिहार्य हुने बताए ।

ओली तेस्रो कार्यकाल चाहने पक्षमा भएपनि पोखरेलले पनि आफ्नो स्वाभाविक दाबी राखेकाले महाधिवेशनमै निर्णय हुने उनले बताए । कार्यकर्ताहरू भने सहमतियुक्त नेतृत्व निर्माणमा जोड रहेको उनले बताए ।

हालको जेनजी आन्दोलनबारे ढकालले भदौ २३ र २४ गतेको घटनालाई छुट्टै दृष्टिले हेर्नुपर्ने बताए । पारदर्शिता, भ्रष्टाचारविरुद्ध तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा युवाले उठाएको मुद्दा सही भएपनि आन्दोलनमा घुसपैठ, राज्यको अत्यधिक दमन गलत भएको टिप्पणी गरे । भदौ २४ गतेको अराजक घटनालाई उनले ‘लोकतन्त्रलाई चुनौती दिने तथा राज्यसत्ता उल्ट्याउने प्रयास’ भनेर वर्णन गरेका छन् ।

युवाहरू विदेशिने बढ्दो प्रवृत्तिबारे टिप्पणी गर्दै ढकालले यो विश्वव्यापी ट्रेन्ड भएको बताए । गरिबी वा अवसर अभाव मात्र होइन, रुचि, जीवनशैली र आकाक्षाले पनि युवाहरू विदेशिने गरेको उनको विश्लेषण छ ।

भारत, बंगलादेश, श्रीलंका, जापान, इन्डोनेसिया लगायतका मुलुकबाट पनि ठूलो संख्यामा मानिस विदेश जाने गरेको उदाहरण दिँदै उनले नेपालमात्रै समस्याग्रस्त देशजस्तो चित्रण गर्नु गलत भएको बताए ।

ढकालले नेपालको समग्र राजनीतिक इतिहास पुन ः स्मरण गर्दै ३० वर्षको पञ्चायती शासनदेखि बहुदल, माओवादी द्वन्द्व, गणतन्त्र स्थापनासम्मका चुनौतीका कारण मुलुकलाई स्थिर विकासमा समय लागेको बताए ।

जेनजीले उठाएका प्रश्नहरूलाई सकारात्मक चुनौतीका रूपमा लिनुपर्ने बताउँदै उनले दलहरू, मिडिया र समाजले नकारात्मकता मात्र फैलाउने प्रवृत्तिको पनि आलोचना गरे ।

युवा पुस्तालाई पुनः राजनीतिमा आकर्षित गर्न एमालेले ४० वर्षमुनिका प्रतिनिधि र नेतृत्वलाई बढावा दिइरहेको ढकालले बताए । वैचारिक प्रशिक्षण, संगठन सुदृढीकरण र युवा लक्षित कार्यक्रममार्फत पार्टीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने तयारी गरेको उनले जोड दिए ।

‘बदलिँदै गएको सामाजिक मनोविज्ञान, युवाको असन्तुष्टिलाई सम्बोधन गर्दै एमाले पुनः सशक्त दलका रूपमा स्थापित हुन्छ,’ उनले भने,‘महाधिवेशनमा ४० वर्षमुनिका प्रतिनिधिहरूलाई अनिवार्य समावेश गरिएको र केन्द्रीय कमिटीसम्म युवा सहभागिता बढाइने छ ।’

उनले युवा पुस्तालाई विचार, अनुशासन र राजनीतिक प्रशिक्षणमार्फत सशक्त बनाउने अभियानमा एमाले अघि बढ्ने बताए । हालको असन्तुष्टि र प्रश्नलाई शिक्षाका रूपमा लिनुपर्ने र पार्टीले पुनः आत्मसुधार पुनःअर्गनाइजेशनमार्फत सशक्त भएर फर्किने उनले विश्वास व्यक्त गरे ।

यो समाचारमा

विद्या देवी भण्डारीइन्डोनेसियाबंगलादेशश्रीलंका
काठमाडौँ8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जातीय भेदभाव अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त छैन- राष्ट्रपति पौडेल

    काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै विभेदहीन र सभ्य समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्।आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले जातीय विभेदलाई सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको अपराधका रूपमा चित्रण गरे। उनले नेपालको संविधानले सबै प्रकारका

    Data is loading...

    Loading brands...

    Loading footer...