ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री छन् :मेयर महर्जन

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

8
Share
Featured
  • ललितपुरका मेयर चिरिबाबु महर्जनले वडा कार्यालय र विद्यालयसहित महानगरका सबै नयाँ संरचना अपाङ्गतामैत्री रहेको बताएका छन्।
  • अपाङ्ग व्यक्तिहरूका लागि पाटन क्षेत्र अवलोकन सहज बनाइने काम तथा नयाँ अपाङ्गतामैत्री गाडी खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ।
  • दुईवटा नयाँ दमकल खरिदको तयारीसँगै महानगर अपाङ्गता–मैत्री सेवा र पूर्वाधार विस्तारमा सक्रिय रूपमा काम गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुर महानगरपालिकाका मेयर चिरि बाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन् । 

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटा वडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए । 

उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु बनाएका छौ । ती संरचनाहरु सबै नै अपाङ्गतामैत्री छ । हामीले लगभग २३, २४ वटा वडा कार्यालय बनायौं । त्यो सबै नै अपाङ्गतामैत्री छ । हामीले धेरै वटा स्कुलहरु बनायौं त्यो सबै पनि अपाङ्गतामैत्री छ ।’

यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग भएका व्यक्तिहरुको लागि पाटन क्षेत्र अवलोकन पनि सहज बनाउने कार्य भएको उनले जानकारी दिए । 

साथै, जलाइएको अपाङ्गतामैत्री गाडीेभन्दा राम्रो प्रविधि भएको अर्को गाडी किन्नको लागि टेन्डर छापि सकेको र दुई वटा दम्कलको लागि पनि काम अघि बढेको उनको भनाई छ ।  

उनले भने, ‘हामीले अपाङ्गतामैत्री गाडी जुन जलाइयो त्योभन्दा पनि राम्रो प्रविधि भएको अर्को गाडी किन्नको लागि टेन्डर छापि सकेको छ । यसको साथै दुई वटा दम्कलको लागि पनि अघि बढेका छौ । यस्तै कार्यमा हामी क्रियाशिल भईरहेका छौ ।’

यो समाचारमा

चिरि बाबु महर्जनललितपुर महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भदौ २३ र २४ का घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियो- केपी ओली

    काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गत भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको 'पूर्वनियोजित षड्यन्त्र' भएको दाबी गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई उद्धृत गर्दै ओलीले ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको बताए।ओलीले लोकतान्त्रिक र संसदीय

    Data is loading...

    Loading brands...

    Loading footer...