पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाहीसहित तिन जिल्लामा साँढे एघार हजार रुख काटिने

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

18
Share
Featured
  • पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी करिब ११,५७७ रुख काटिनेछ, जसमा सबैभन्दा धेरै ६,०२७ रुख महोत्तरीमा पर्नेछन्।
  • रुख कटान अनुमति मिलेपछि सडक विस्तारका काम तीव्र गतिमा अगाडि बढ्दैछ, तर बिजुलीका पोल र खानेपानी पाइप स्थानान्तरण नहुँदा केही स्थानमा काम अवरुद्ध भइरहेको छ।
  • विश्व बैंकको १८ अर्ब ६० करोड ऋण सहयोगमा सञ्चालन भइरहेको १३० किमि सडक विस्तार परियोजनामा बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेन विस्तारको लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरीधनुषा गरी तीन जिल्लामा करिब ११ हजार ५७७ रुख काटिने भएको छ । 

लामो समयदेखि रोकिएको रुख कटानसम्बन्धी अनुमति प्रक्रिया पूरा भएपछि अब बल्ल सडक विस्तारसँगै सडक छेउछाउका रुख हटाउने काम सुचारु हुन लागेको हो ।

कमला–ढल्केबर–पथलैया सडक योजना अन्तर्गत पर्ने यी जिल्लामध्ये सबैभन्दा धेरै रुख महोत्तरीमा काटिने छन्, त्यहाँ ६ हजार २७ वटा रुख काटिने छन् । सर्लाहीमा ३,६७४ र धनुषामा १,८७६ रुख काटिने छ । सबैभन्दा बढी साल प्रजातिका रुख पर्ने बताइएको छ ।

सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ भने महोत्तरीमा केही प्राविधिक प्रक्रिया बाँकी रहेकाले त्यहाँ रुख काट्न केही दिन लाग्ने छ । 

अब आदेश प्राप्त भएपछि ठेकेदारमार्फत रुख हटाउने कार्य अघि बढाइएको छ । काटिएका रुख ठेकेदारले सुरक्षित रूपमा राखी सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाउनेछ, र त्यसपछि वन कार्यालयले लिलामी प्रक्रिया अघि बढाउनेछ ।

रुख कटाउने अनुमति मिले पनि प्रमुख चुनौती भनेको बिजुलीका पोल हटाउने र खानेपानी पाइप स्थानान्तरण गर्ने कार्य भएको आयोजनाका प्रमुख राजेश कुमार दासले बताए  । पोल र पाइप नहट्दा कतिपय स्थानमा रुख काट्ने र सडक विस्तार गर्ने काम अवरुद्ध भइरहेको छ ।

कमला पुलदेखि पथलैयासम्मको करिब १३० किलोमिटर सडक विस्तार तीव्र गतिमा भइरहेको छ । पूर्वी खण्ड (सर्लाही, महोत्तरी, धनुषा) र पश्चिमी खण्ड (रौतहट, बारा) छुट्टाछुट्टै कार्यालयमार्फत सञ्चालन हुँदैछ ।

दुई लेनको राजमार्गलाई बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइमा विस्तार गर्ने लक्ष्य राखिएको छ । यस परियोजनाका लागि विश्व बैंकले १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराएको छ ।

यो समाचारमा

बाराकाठमाडौँविश्व बैंकमहोत्तरी
सर्लाही6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन,शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न ।

    काठमाडौँ ।   काठमाडौँ विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।गठित समितिको संयोजकमा सहकुलपति मन्त्री

    Data is loading...

    Loading brands...

    Loading footer...