सस्तो पुनरवितरणको राजनीति त्यागेर अवसरको समानतामार्फत अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

10
Share
Featured
  • डा. स्वर्णिम वाग्लेले सस्तो–पुनरवितरणमुखी राजनीति त्यागी अवसरको समानतामा आधारित रूपान्तरणकारी राजनीति अघि बढाउनुपर्ने बताए।
  • उनले अर्थतन्त्रको आकार विस्तार गर्न, समस्याका जरा पहिचान गर्न र समाधानमुखी राजनीति आवश्यक रहेको उल्लेख गरे।
  • रास्वपाले आगामी १० वर्षभित्र आफ्नो दार्शनिक आधार स्पष्ट गर्दै अहिलेको लोकतन्त्रलाई अझ स्वच्छ र उत्तरदायी बनाउनु पर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले समाज रूपान्तरणका लागि अवसरको समानतामा आधारित राजनीतिलाई अघि बढाउनुपर्ने बताएका छन् । रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा कार्यक्रममा बोल्दै उनले सस्तो तथा पुनरवितरणमुखी राजनीतिले देशलाई अघि  लैजान नसक्ने जिकिर गरे ।

‘हामी जे बनाउन भनेर लागिरहेका छौं, त्यो समाज बुझ्न जरुरी छ,’ उनले भने, ‘पुनरवितरणको—अर्थात् सस्तो—राजनीति खारेज गरेर अवसरहरूको समानताको राजनीतिबाट अघि बढ्नुपर्छ ।’

वाग्लेले मुलुकको अर्थतन्त्रको आकार विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै समाजका बेथिति र समस्याको जरा बुझेर समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

उनले आगामी १० वर्षभित्र रास्वपाले आफ्नो दार्शनिक आधार स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अहिलेको लोकतन्त्रलाई अझ स्वच्छ र उत्तरदायी बनाउँदै अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘यो समाज हामी जे बनाउन भनेर लागेका छौं त्यो बुझ्न जरुरी छ । मुलुकको अर्थतन्त्रको  आकार ठूलो बनाउनुपर्छ । हामीले आजको दिनमा १० वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै दार्शनिक आधार के हो भनेर यो सोच्नुपर्ने हुन्छ । अहिलेको लोकतन्त्रलाई थप स्वच्छ बनाएर अगाडि बढ्नुपर्छ ।’

यो समाचारमा

स्वर्णिम वाग्लेराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...