सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

10
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका छन्।
  • उनले निजी सञ्चारमाध्यमका कर्मचारीहरू समेत सामाजिक सुरक्षा प्रणालीमा सहभागी हुनुपर्ने बताए।
  • हालसम्म ६ लाखभन्दा बढी औपचारिक क्षेत्रका र १९ लाखभन्दा बढी वैदेशिक तथा स्वदेशी रोजगारीमा रहेका नागरिक सामाजिक सुरक्षामा रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका छन् । 

बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  सामाजिक सुरक्षाको विषय कानुनमा नै व्यवस्था गरिएको बताउँदै सबै सञ्चारमाध्यमलाई उत्साहपूर्वक सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका हुन् । 

उनले भने, ‘राज्यबाट सञ्चालित सञ्चारमाध्यममा कार्यरत पत्रकार मात्रै र कर्मचारीमात्रै नभएर, के आह्वान गर्न चाहान्छु भने निजी सञ्चारमाध्यम जो औपचारिक क्षेत्र भनेर भनिएको छ । निजी सञ्चार माध्यमपनि आफै उत्साही भएर सामाजिक सुरक्षाको दायरामा तपाईहरु अन्तर्गतका कर्मचारीहरुलाई ल्याउनको लागि आह्वान गर्न चाहान्छु । किनकी यो कानुनमा नै व्यवस्था गरिएको छ ।’ 

त्यस्तै, उनले सामाजिक सुरक्षालाई बाध्यकारी र अनिवार्य बनाइराख्दा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्ने धारणा राखे । 

‘यसरी सामाजिक सुरक्षाको दायरामा जाँदा सम्बन्धित सञ्चार माध्यमलाई पनि केही घाटा पर्दैन् र पत्रकारहरुलाई पनि घाटा पर्दैन् । सामाजिक सुरक्षालाई बाध्यकारी र अनिवार्य बनाइराख्दा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ भन्ने लागेको छ ।’

त्यस्तै, उनले अहिलेसम्म ६ लाख भन्दा बढि औपचारिक क्षेत्रका नागरिक र १९ लाखभन्दा बढि वैदेशी र स्वदेशीक रोजगारीका नागरिक सामाजिक सुरक्षाको दायरामा आइसकेको जानकरी गराए ।

यो समाचारमा

काठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जिडिपीको तुलनामा बजेट सानो हो- अर्थमन्त्री वाग्ले

    काठमाडौँअर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो ।“विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन,

    Data is loading...

    Loading brands...

    Loading footer...