बागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

12
Share
Featured
  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १०० दिनमा स्वास्थ्य, कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा सेवाको विस्तार र संरचनागत सुधार भएको दाबी गरे।
  • क्यान्सर, हृदय रोग, डायलाइसिस सेवा विस्तार, पशु खोप अभियान, कृषि राहत, उद्योग–व्यापार दर्ता वृद्धि, डिजिटाइजेसन र ‘एक वडा–एक उद्यम’ लगायतका कार्यक्रम अघि बढाइए।
  • पर्यटन, खेलकुद र युवा क्षेत्रमा पूर्वाधार निर्माण, नयाँ गाइड–होटल दर्ता र सचेतना कार्यक्रम सञ्चालन गर्दै विकासलाई नयाँ गति दिएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्।

मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ। 

क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण भेगमा पोर्टेबल अल्ट्रासाउन्ड सुविधा तथा आयुर्वेद औषधि उत्पादनमा १० नयाँ उत्पादन क्षमता विस्तार गरिएको उनले जानकारी दिए। जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मनहरी–९ की मिठुमाया सुनारलाई मुख्यमन्त्रीको व्यक्तिगत लगानीमा निर्माण गरिएको घर हस्तान्तरण स्वास्थ्य–सामाजिक क्षेत्रमा गरिएको अर्को महत्वपूर्ण कार्य रह्यो।

कृषि तथा पशुपालन क्षेत्रमा अविरल वर्षाबाट भएको क्षति न्यूनिकरणका लागि राहत कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्रीले बताए। लम्पी स्किन रोगविरुद्ध ९६ हजार ३४७ डोज खोप वितरण, २२ पशु अस्पताल भवन निर्माण, भेटेरिनरी सेवा विस्तार, कृषि थोक बजार निर्देशिका निर्माण तथा मकवानपुर–सिन्धुलीलाई खोरेत–मुक्त क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ।

उद्योग, व्यापार तथा श्रम क्षेत्रका उपलब्धिमा २ हजार ६६७ नयाँ उद्योग–व्यापार दर्ता, ७१२ व्यवसाय अनुगमन, ‘एक वडा–एक उद्यम’ कार्यक्रम कार्यान्वयन, ३५ लाख कागजात डिजिटाइजेसन अभियान तथा यातायात कागजातमा जरिवाना छुट र पुनर्निर्माण व्यवस्था लागू गरिएको धोरणगत सुधार समेटिएको छ।

युवा, खेलकुद तथा पर्यटन क्षेत्रका उपलब्धिमा ५० योजनाको लागत अनुमान तयार, आठ पर्यटन पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण, ५३७ नयाँ गाइड, होटल तथा एजेन्सी दर्ता, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट हस्तान्तरण, पाँच सय विद्यार्थीलाई साइबरक्राइम तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्रीले जानकारी दिए।

बानियाँले १०० दिनभित्रका यी उपलब्धिहरूले प्रदेश विकासमा नयाँ गति दिएको दाबी गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए।

यो समाचारमा

बागमती प्रदेशभक्तपुरइन्द्र बहादुर बानियाँकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १४ कर्मचारीलाई ७ दिनभित्र जवाफ दिन आयोगको आदेश

    काठमाडौँ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रको अनियमितता र बेथिति छानबिनलाई तीव्र पार्दै १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागेको छ। 'सहकारी बेथिति जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनका आधारमा मन्त्रालयले सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।आयोगको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार

    Data is loading...

    Loading brands...

    Loading footer...