काठमाडौँ
खुसी मुखर्जीले आफ्नो इन्स्टाग्राममार्फत हालै एउटा डर लाग्दो अनुभव साझा गरेकी छन्। उनका अनुसार, उनीकै नजिकका साथीहरूले उनलाई ड्रग गराई उनको घरबाट करिब २५ लाख रुपैयाँ बराबरका गहना चोरी गरे। यसअघि तीन महिनाअघिसमेत उनले आफ्नै घरकाम गर्ने महिलाले गहना चोरी गरेको आरोप लगाएकी थिइन्, जसले उनको भरोसामा ठूलो चोट पुर्याएको बताइन्।
खुसीले पोस्ट गर्दै भनेकी छन् कि जब साथी नै ‘फ्रेनेमी’ बन्छन् र प्रतिस्पर्धा तथा जलनले सम्बन्ध बिग्रन्छ, तब माफी वा बिर्सनु दुवै असम्भव हुन्छ। उनले आफू जीवनमा ‘गिभ अप’ गर्ने अवस्थामा पुगेको महसुस भइरहेको पनि लेखिन्। घटनाले उनलाई भावनात्मक रूपमा कमजोर बनाएको बताइन्।
अगस्टमा उनले घरभित्रै विश्वास गरेका व्यक्तिबाट धोका पाएको अनुभूति व्यक्त गरेकी थिइन्। गहना चोरीभन्दा पनि सुरक्षा र विश्वास खोइएको महसुसले उनलाई थप पीडा दिएको उनले उल्लेख गरिन्। हालको घटनापछि पनि उनी कानुनी कारबाहीको तयारीमा रहेकी छन्।
खुसी मुखर्जी दक्षिण भारतीय फिल्म, वेब सिरिज र रियालिटी शोहरूमा काम गर्ने अभिनेत्री हुन्। २०१३ मा तमिल फिल्म ‘अञ्जल थुराई’बाट करिअर सुरू गरेकी उनले ‘स्प्लिट्सभिल्ला १०’ र ‘लभ स्कूल ३’ मा सहभागी भएर टेलिभिजनबाट ठूलो लोकप्रियता कमाएकी छन्।