एकजनाले रास्वपा छाड्दा अरु सयजना भित्रिन्छन् : श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

15
Share
Featured
  • विराजभक्त श्रेष्ठले रास्वपामा एक जना गए पनि सय जना आउने भन्दै पार्टीप्रतिको विश्वास बलियो रहेको बताए।
  • भदौ २३ को घटनालाई सरकार जनताको पीडा नदेखेको परिणाम भएको भन्दै रास्वपाले लगातार सचेत गराएको दाबी गरे।
  • नेतृ सोविता गौतमले रास्वपाको लोकप्रियताबाट डराएर रवि लामिछानेविरुद्ध मुद्दा हतियारजस्तै प्रयोग गरिएको आरोप लगाइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले रास्वपामा एक जना गए सय जना आउने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले धेरै साथीहरुमा पार्टीबाट कसैले छाडेको विषयमा चिन्ता व्यक्त गरेको भन्दै पार्टीमा एक जना गए सय जना आउने बताएका हुन् ।

उनले भने, ‘धेरै साथीहरुको चिन्ता पार्टीबाट हिजो को जानु भयो, अस्ति को जानु भयो भन्ने छ । तर एक जना जान्छन् सय जना आइरहेका हुन्छन् । आजै पनि पार्टी प्रवेश गराउँदै गर्दा त्यो देखियो । त्यो भनेको संस्थाप्रति र रवि दाईले देखाएको बाटोप्रतिको विश्वास हो । एक गए सय बढ्छ भन्ने एउटा सन्देश पनि हो ।’

यस्तै, उनले सत्ता, शक्तिको अगाडि सरकारले नेपाली जनताको पीडा नदेखेको कारण भदौ २३ गतेको घटना भएको भन्दै रास्वपाले यसबारे सरकारलाइ सँधै झकझकाई रहेको पनि बताए ।

उनले भने, ‘नेपाली जनता सार्है पीडामा छन्, एकदम आक्रोसित छन् । सत्ता, र शक्तिले त्यस विषयमा आँखा नदेख्ने हो भने परिणाम राम्रो नआउने भनेर झकझकाइरहेका थियौं । त्यो नसुन्नुको नतिजा भदौ २३ गतेको घटना हो ।’

कानूनको दूरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण भयो ः सोविता गौतम

सोही क्रममा पार्टीकी नेतृ सोविता गौतमले नेपाली जनतामा रास्वपाको चर्चा बढेपछि यसलाई गलाउन, थकाउन र राजनीतिमा स्थापित हुन नदिनको लागि मुद्दालाई हतियार बनाएर कानूनलाई दूरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण गरिएको बताइन् ।

उनले भनिन्, ‘सही बाटो हिड्न सहज छैन् । हामीलाई प्रहारहरु हुन्छन्, त्यो कसरी हुन्छ भन्ने कुरामा उदाहरण रवि लामिछाने नै हुनुहुन्छ । रास्वपाले नेपाली जनताको कुरा उठाउन थालेपछि र जनतामा रास्वपाको चर्चा हुन थालेपछि राष्ट्रिय राजनीतिमा स्थापित दलहरुलाई चुनौती महशुस भयो र उहाँहरुले अब रवि लामिछानेलाई गलाउन, थकाउन र राजनीतिमा स्थापित हुन नदिनको लागि मुद्दालाई हतियार बनाएर कानूनलाई दूरुपयोग गरेर आक्रमण गर्नुभयो ।’

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीविराजभक्त श्रेष्ठरवि लामिछानेकाठमाडौँ
ललितपुर4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...