‘११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु हो’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

13
Share
Featured
  • ११ पार्टी मिसिनुको उद्देश्य केवल केपी ओली र उनका सिद्धान्तको विरोध मात्र हो; समाजवादी र माओवादी बाहेक बाँकी ९ पार्टी शून्य मात्र छन्।
  • हाल खुलेका नयाँ पार्टीहरु कांग्रेस र एमाले जस्ता दशकौँ नेतृत्व गर्ने क्षमता नभएका “कालिपोके” पार्टीहरू हुने खतरा छन्।
  • केपी ओलीले पद छोड्ने र २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिने विषयमा केन्द्रीय कमिटीमा ३२८ जना बोलेका थिए; तर सचिवालयमा केवल २१ जनाले मत दिएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य खड्गप्रसाद शर्मा ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौं भन्नुको कुनै अर्थ नरहेको बताए । 

उनले भने,‘हिजोसम्म ११ वटा पार्टीको एकता भन्नुभएको छ । समाजवादी र माओवादी चिनेको हो । अरु नौं वटा जिरो हुन् । कसैले चिनेको छैन् । ११ वटा मिसिएर के हुने रैछ त ? देशभरीको स्थिति त यही हो । अनि हामी यत्तिका मिसियौं भन्नुको अर्थ के हुन्छ ? उहाँहरुले ०७७ सालदेखि नै यही गर्दै आउनुभएको हो ।  त्यो भनेको केपी ओलीको सिद्धान्तको विरोध हो । उहाँहरुको राजनीति केपी ओलीकै निन्दा हो ।’ 

त्यस्तै उनले अहिले पेन्सन पकाउने सेलिब्रेटी बन्ने अनि पार्टी खोलिहाल्ने लहर चलेको बताए । खोलिएको हरेक पार्टी कांग्रेस र एमाले जस्तो शताब्दी राष्ट्रको नेतृत्व गर्ने पार्टी नहुने भन्दै उनले अहिले दर्ता भएका पार्टी कालिपोके बन्ने खतराका पार्टीहरु रहेको टिप्प्णी गरे । 

उनले केपी ओलीले पद छोड्नुपर्छ ,२३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर केन्द्रीय कमिटीमा ३ सय २८ जनाले बोलेकोमा १६ जना र सचिवालयमा ५ गरी २१ जनाले मत राखेको जानकारी दिए । 

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...