जुम्लाको नराकोट इलाका प्रशासन कार्यालय बन्द हुँदा सेवा अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

7
Share
Featured
  • जुम्लाको नराकोट इलाका प्रशासन कार्यालय प्रमुख अनुपस्थित भएपछि कार्यालय बन्द भई नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र सिफारिसजस्ता सेवाहरू ठप्प भएका छन्।
  • सेवाग्राहीहरूले दैनिक प्रशासनिक सेवामा पहुँच नपाउँदा कठिनाइ भोग्नुपरेको छ, र केही काम डाकमार्फत गरिंदै आएको छ।
  • मन्त्रालयले नयाँ प्रमुख तोकेपछि कार्यालय पुनः नियमित सेवा सञ्चालन गर्ने तयारीमा छ, यद्यपि कर्मचारी अभावले समस्या पटक–पटक दोहोरिँदै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जुम्लाको नराकोटस्थित इलाका प्रशासन कार्यालय लामो समयदेखि बन्द रहँदा स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् । कार्यालय प्रमुख नरबहादुर बुढा लामो समयदेखि अनुपस्थित रहँदा कार्यालयका सबै प्रशासनिक सेवा ठप्प बन्न पुगेका हुन् ।

कार्यालय बन्द भएपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली दर्ता–नवीकरण तथा सिफारिसजस्ता दैनिक आवश्यक सेवा पाउन स्थानीयले कठिनाइ भोग्नुपरेको छ । काम लिएर कार्यालय पुगेका सेवाग्राहीहरू निराश बनेर फर्किन पर्ने बाध्यता छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार कार्यालय प्रमुख नहुँदा केही काम जिल्ला प्रशासन कार्यालयबाट डाक मार्फत गराइँदै आएको थियो ।

उनका अनुसार मन्त्रालयको निर्णयअनुसार नयाँ प्रमुख तोकिएको छ र उनी भोलि काठमाडौंबाट जुम्ला आइपुग्नेछन् । प्रमुख आएपछि कार्यालयले पुनः नियमित रूपमा सेवा सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए ।

स्थानीयका अनुसार नराकोट इलाका प्रशासन कार्यालयमा अधिकृत स्तरका कर्मचारी नबस्ने समस्या पटक–पटक दोहोरिँदै आएको छ । हरेक छ महिनामा कार्यालय बन्द हुँदा बारम्बार सेवाबाट वञ्चित हुनुपरेको गुनासो उनीहरूको छ ।

यो समाचारमा

काठमाडौँजुम्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विदेशबाट फर्किएपछि विजयकुमार बने उत्कृष्ट कृषक

    काठमाडौँ।मलेसियाको रोजगारी छाडेर स्वदेशमै व्यावसायिक माछापालनमा लागेका कञ्चनपुरका विजयकुमार चौधरी 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार' बाट सम्मानित भएका छन्। लालझाँडी गाउँपालिका–४ का चौधरीलाई हालै राष्ट्रपति रामचन्द्र पौडेलले २ लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेका हुन्।विगत ७ वर्षदेखि ३ बिघा जमिनमा माछा पोखरी बनाएर व्यवसाय गरिरहेका चौधरीले वार्षिक ४५ क्विन्टल माछा बिक्री

    Data is loading...

    Loading brands...

    Loading footer...