पासाङ शेर्पालाई संरक्षण गरेको आरोपमा एमाले नेतृत्वको आलोचना

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

15
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसके पनि उनले अझैसम्म सजाय भुक्तान गरेका छैनन् ।

यस्ता गम्भीर कानुनी मुद्दा खेपिरहेका फरार अभियुक्तलाई पार्टीको उच्च बैठकमा सहभागी गराएर अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले संरक्षण गरेको आरोप लाग्दैछ । प्रहरी र अदालतमा चलिरहेका मुद्दा र सार्वजनिक उजुरीका बीच पनि शेर्पालाई पार्टीभित्र सशक्त भूमिकामा राखिनु एमालेको नैतिकता, अनुशासन र जिम्मेवारीमाथि गम्भीर प्रश्न बनेको बताइएको छ ।

एमालेभित्रकै केही जिम्मेवार नेताहरूले पासाङ शेर्पामाथि विचाराधीन मुद्दाहरूमा प्रहरी प्रशासनले थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनीहरूले सीआईबी केन्द्रीय अनुसन्धान ब्यूरो ले शेर्पामाथि चलिरहेका मानव तस्करी, ठगी र चेक बाउन्सका मुद्दाहरूको सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।

ती नेताहरूको अनुसार, पार्टीको साख र भविश्य जोगाउन यस्ता विवादास्पद र अपराध आरोपित व्यक्तिहरूलाई संरक्षण गर्नु एमालेका लागि दीर्घकालमा हानिकारक हुनेछ ।

नाम उल्लेख गर्न नचाहने शर्तमा एमालेकै एक नेताले भने, ‘यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको बचावट नगर्न नेतृत्वले गम्भीर निर्णय लिनुपर्छ । अपराधको बचाउले होइन, कानूनको पालना र पारदर्शिताले मात्र पार्टी बलियो हुन्छ ।’

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलेको आशङ्कामा ७४ वटा इभी सशस्त्र प्रहरीको नियन्त्रणमा

    काठमाडौँ।भन्सार छलेर नेपाल भित्र्याइएको आशङ्कामा सशस्त्र प्रहरी बलले ७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ती गाडीहरू मंगलबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बरामद गरिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार नियन्त्रणको लागि नं. ३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका

    Data is loading...

    Loading brands...

    Loading footer...