त्रिभुवन विमानस्थलको आन्तरिक उडान आजबाट सञ्चालनमा, केही उडान डिले

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

10
Share
Featured
  • खराब मौसमका कारण शनिबार पूर्ण रूपमा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आइतबारदेखि पुनः सञ्चालनमा आएको छ।
  • आज बिहान बुद्ध एयरका नेपालगन्ज र भद्रपुर गन्तव्यका दुई उडान सम्पन्न भएका छन्, यद्यपि केही उडानहरू अझै ढिलाइ भएका छन्।
  • हिजोको अवरोधका कारण दसैंका यात्रुहरू प्रभावित भए पनि मौसममा सुधारसँगै उडान पुनः सुरु हुँदा यात्रुहरूलाई केही सहजता आएको छ, तर मौसमअनुसार तालिकामा फेरबदल हुन सक्ने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

खराब मौसमका कारण हिजो (शनिबार) पूर्ण रूपमा ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आज (आइतबार) बाट सञ्चालनमा आएको छ। यद्यपि, केही उडानहरू भने ढिलाइ भएका छन्।

आज बिहानै दुईवटा आन्तरिक उडान सम्पन्न भएका छन्। बुद्ध एयरले नेपालगन्ज र भद्रपुरका लागि उडान भरेको विमानस्थल स्रोतले जनाएको छ।

हिजो आन्तरिक उडान ठप्प हुँदा दसैँका लागि घर फर्किने र अन्य गन्तव्यमा जाने यात्रुहरू ठूलो मारमा परेका थिए। मौसममा सुधार आएसँगै उडानहरू पुनः सुरु भएकाले यात्रुहरूलाई केही राहत मिलेको छ। यद्यपि, मौसमको अवस्था हेरेर उडान तालिकामा थप परिवर्तन आउन सक्ने सम्भावना रहेको छ।

यो समाचारमा

काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभद्रपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    काठमाडौँ।भक्तपुर नगरपालिका–१० छालिङमा एक युवकले आफ्नी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। शंखरापुर नगरपालिका–६ नाङ्लेभारे घर भई छालिङमा भाडामा बस्दै आएका विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिनाको हत्या गरेका हुन्।प्रहरीका अनुसार गएराति घरायसी विवादका क्रममा विदुरले खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको हो। सोही आक्रमणमा परी उनीहरूका आठ वर्षीय

    Data is loading...

    Loading brands...

    Loading footer...