भोलि बिहानबाट भारी वर्षा सुरु हुने,बाढी, पहिरो र डुबानको जोखिम

Author

सजिलो पत्रिका

२०८२ साउन ०३, शनिबार

58
Share
Featured

शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुनेछ

समाचार सारांशGenerated using AI.

काठमाडौँजल तथा मौसम विज्ञान विभागले आज रातिबाट भारी वर्षा सुरु हुने बताएका छन् । पूर्वी नेपालबाट सुरु हुने भारी वर्षा सोमबारसम्म देशभर फैलिने पूर्वानुमान छ । 

“शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुनेछ,” मौसमविद् विनोद पोखरेल भन्छन्, “सोमबारसम्म नेपालभर भारी वर्षाको पूर्वानुमान रहेकाले सचेत रहनुहोला ।” 

मौसमविद् तथा विपद् व्यवस्थापनविज्ञ धर्मराज उप्रेती आइतबार  बिहान ३/४ बजेतिर कोसी प्रदेशबाट सुरु हुने भारी वर्षा दिउँसो बागमती प्रदेश,गण्डकी प्रदेशलुम्बिनी प्रदेश प्रदेशसम्म पुग्ने बताउँछन् । “सोमबार बिहानैदेखि सुदूरपश्चिम प्रदेशका चुरेलगायत डोटी, डडेलधुरा, बैतडीका अधिकांश भागमा भारी वर्षाको सम्भावना देखिन्छ,” उनले भने, “कैलालीकञ्चनपुर जिल्लाका उत्तरी भेगमा समेत भारी वर्षाको सम्भावना छ ।” 

कर्णाली प्रदेशको सुर्खेत वरिपरि पनि सोमबार भारी वर्षाको सम्भावना रहेको उनले बताएका छन् । पूर्वी तराई र मधेसमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा हुने उनको भनाइ छ । 

 जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो बिहान कोसी प्रदेशमा भारी राति हल्कादेखि मध्यम वर्षा हुने बताएको छ ।मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागका अनुसार वाग्मती प्रदेशमा दिउँसो मध्यमदेखि भारी र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 


 

 


यो समाचारमा

बैतडीकर्णाली प्रदेशमधेश प्रदेशकञ्चनपुर जिल्ला
कैलाली13 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालविवाहका सूचना दर्ता बढ्दो ।

    झापा ।  बितेका  १० महिनामा  कोशी प्रदेशमा बाल हेल्पलाइन सेवामा ३८ बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता

    Data is loading...

    Loading brands...

    Loading footer...