सहिद लखनमा सडक भासिँदा यातायात अवरुद्ध

Author

सजिलो पत्रिका

२०८२ असार ०९, सोमबार

23
Share
Featured
  • गोरखाको ढुङ्गागाढे भञ्ज्याङमा सडक भासिएर यातायात अवरुद्ध भएको छ।
  • चारपाङ्ग्रे सवारी चल्न नसक्ने र पैदलयात्री जोखिम मोलेर यात्रा गरिरहेका छन्।
  • मर्मत सुरु भए पनि अविरल वर्षाले काममा बाधा पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गोरखाको सहिद लखन गाउँपालिका-७, ढुङ्गागाढे भञ्ज्याङमा सडक भासिँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। गए रातिको अविरल वर्षाका कारण सडक भासिएपछि गाउँपालिका प्रवेश गर्ने मुख्य मार्ग बन्द भएको हो।

वडाध्यक्ष शरण श्रेष्ठका अनुसार, गत वर्षदेखि नै जोखिमपूर्ण रहेको उक्त सडकमा अहिले चारपाङ्ग्रे सवारीसाधन चल्न सक्ने अवस्था छैन। सडक अवरुद्ध भएपछि स्थानीय यात्रुहरू मर्कामा परेका छन् भने पैदलयात्री र मोटरसाइकल चालक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

सडक पूर्वाधार विकास कार्यालयले मर्मत सुरु गरे पनि वर्षाका कारण काम प्रभावित भएको बताइएको छ।

यो समाचारमा

काठमाडौँसहिद लखन गाउँपालिकागोरखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    राज्य व्यवस्था समितिको बैठक आज बस्दै

    काठमाडौँ।प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ। सिंहदरवारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न उपसमिति गठनदेखि स्थलगत अनुगमनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धी जानकारी लिइनेछ। साथै समितिको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन तीनवटा उपसमिति गठन गर्ने विषयमा

    Data is loading...

    Loading brands...

    Loading footer...