एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

11
Share
Featured

काठमाडौँ ।

एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । 

उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका छन्। यो दुखद घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ ।

टाटा समूहले एयर इन्डियाको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै पीडितका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। टाटा मोटर्सका अध्यक्ष एन.चन्द्र शेखरनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै लेखे कि एयर इन्डिया उडान १७१ सँग सम्बन्धित घटनाबाट गहिरो दुः खी छ। यस क्षणमा हामीले जतिसुकै दुःख महसुस गरिरहेका छौं, त्यो व्यक्त गर्न सकिँदैन। आफ्ना प्रियजनहरू गुमाएका पीडित परिवारहरूप्रति प्रार्थना र समवेदना।

टाटा समूहले प्रत्येक पीडित परिवारलाई १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । टाटा समूहले आवश्यक हेरचाह र सहयोग सुनिश्चित गर्ने र चिकित्सा खर्च पनि बेहोर्ने बताएको छ। साथै, मेडिकल होस्टल निर्माणमा सहयोग उपलब्ध गराइनेछ। टाटाले यस समयमा आफू पीडित परिवार र सम्पूर्ण समुदायको साथमा रहेको बताएको छ ।

अर्कोतर्फ, यो घटनापछि अहमदाबाद एयरपोर्टका सबै उडानहरू रोकिन पुगेका छन्। यस्तो अवस्थामा पश्चिम रेलवेले ठूलो कदम चाल्दै अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न थप ट्रेनहरू चलाउने घोषणा गरेको छ। 

यो समाचारमा

काठमाडौँटाटा मोटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चीनको राष्ट्रिय प्रथम श्रेणी संरक्षणमा थुजा सुचुएनसिस ।

    चीन, चोङछिङ ।   चीनको दक्षिणपश्चिममा रहेको चोङछिङको काइझाउ जिल्लाको जुबाओसन राष्ट्रिय प्रकृति संरक्षण क्षेत्रमा रहेको थुजा सुचुएनसिस अनुसन्धान केन्द्रको दृश्य  १ जुन  २०२६ मा ड्रोनबाट खिचिएको हो। जंगली थुजा सुचुएनसिस चीनमा मात्र पाइने र विलुप्त हुन लागेको शंकुधारी प्रजाति हो, उक्त प्रजाती  चीनको राष्ट्रिय प्रथम श्रेणी संरक्षणमा रहेको छ। थुजा सुचुएनसिस

    Data is loading...

    Loading brands...

    Loading footer...