जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु, करिब ७ करोड लागतमा काम अघि बढ्यो

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

9
Share
Featured

काठमाडौँ

कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोमकागबेनी खण्डको स्तरोन्नति कार्य सुरु गरेको छ। करिब ७ करोड रुपैयाँ लागतमा ९ किलोमिटर सडकखण्ड सुधार गर्ने गरी ठेक्का सम्झौता भएपछि काम अघि बढाइएको हो।

वर्षा र पहिरोका कारण सडक संरचनामा क्षति पुगेपछि स्तरोन्नति आवश्यक भएको आयोजनाले जनाएको छ। केही स्थानमा सडक भासिनुका साथै ड्रेन र संरक्षण संरचना नहुँदा समस्या देखिएको थियो।

निर्माण कम्पनीले चार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित काम थालेको छ। यस क्रममा ग्याविन वाल, मेसिनरी वाल, आरसिसी ढलान तथा ड्रेन निर्माणलगायतका संरचना तयार गरिने आयोजनाले जनाएको छ।

यो समाचारमा

जोमसोमकागबेनीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...