माइतीघरमा दीपाको आन्दोलन : “सरकार, कोठा खाली छ ?” भन्दै विभेदविरुद्ध आवाज

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

6
Share
Featured

काठमाडौँ

राजधानीको माइतीघर मण्डलामा विगत १३ दिनदेखि एक फरक प्रकारको आन्दोलन जारी छ। “सरकार, कोठा खाली छ ?” भन्ने प्रश्नसहित सुरु गरिएको यो आन्दोलनको नेतृत्व कैलालीकी दीपा नेपालीले गरेकी छन्।

माइतीघर मण्डलामा उभिएर दीपा नेपालीले कोठा भाडामा लिँदा जात, भूगोल, रंग र लैङ्गिक पहिचानका आधारमा हुने विभेदविरुद्ध आवाज उठाइरहेकी छन्। उनका अनुसार यो आन्दोलन केवल आवासको समस्या मात्र नभई सम्मान र समानताको सवाल हो। उनले दलित, मधेसी तथा एलजीबीटीक्युआई प्लस समुदायमाथि हुने विभेद अन्त्य हुनुपर्ने माग राखेकी छन्।

दीपाले काठमाडौँमा कोठा खोज्दा नौ वर्षदेखि निरन्तर भोग्दै आएको विभेदको अनुभव पनि सार्वजनिक गरेकी छन्। उनले थर सोधेरै कोठा नदिने, थाहा पाएपछि निकालिदिने तथा विभिन्न बहानामा विस्थापित गरिने अवस्थाले आफू निरन्तर अपमानित भएको बताइन्। यसै कारण आफूले न्यायको खोजीमा माइतीघर मण्डला रोजेको उनको भनाइ छ।

उनले सरकारका नीति तथा कानुनी व्यवस्था कागजमा मात्र सीमित भएको आरोप लगाउँदै व्यवहारमा परिवर्तन आवश्यक रहेको बताइन्। संविधान र कानुनले छुवाछूतलाई अपराध माने पनि व्यवहारमा विभेद कायम रहेको उनको तर्क छ।

दीपाले कोठा बहालमा हुने विभेद अन्त्य, कडा कानुनी कार्यान्वयन, छुवाछूतविरुद्ध शून्य सहनशीलता तथा विभेदरहित आवास अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्। उनले सरकारले ठोस नीति र कार्यान्वयन नगरेसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी समेत दिएकी छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...