नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

10
Share
Featured

काठमाडौँ

सशस्त्र प्रहरी बल (एपीएफ) का नवनियुक्त महानिरीक्षक (आईजी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। सोमबार आयोजित एक कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्ले वैशाख १९ गतेबाट लागू हुने गरी पौडेललाई सशस्त्र प्रहरीको आईजीमा नियुक्त गरेको थियो। यसअघिका आईजी राजु अर्याल चार वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा गएपछि पौडेललाई उक्त जिम्मेवारी दिइएको हो। अर्याल र पौडेल एकै ब्याचका अधिकृत हुन्।

अर्यालले २०७९ वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेका थिए र चार वर्षे कार्यकाल पूरा गरी पदमुक्त भएका छन्। सशस्त्र प्रहरीमा आईजीको पदावधि चार वर्ष हुने व्यवस्था छ।

नवनियुक्त आईजी पौडेलले अब सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै संगठनको सुरक्षा तथा व्यवस्थापन कार्यलाई अघि बढाउनेछन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुसले गर्यो युक्रेनमा व्यापक हवाई आक्रमण - २२ को मृत्यु ,दर्जनौ घाईते ।

    किएभ ,युक्रेन :  रुसले  व्यापक हवाई  आक्रमण गरेका युक्रेनका विभिन्न सहरहरूमामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।आक्रमणमा परी दर्जनौ घाईते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभ सहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।युक्रेनी अधिकारीहरूका

    Data is loading...

    Loading brands...

    Loading footer...