सरकार सय दिन नपुग्दै जनविरोधी बाटोमा गएको आरोप, आन्दोलनको चेतावनी : माधव नेपाल

Author

सजिलो पत्रिका

२०८३ वैशाख १८, शुक्रबार

5
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनविरोधी र मजदुरविरोधी नीति अपनाइरहेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार सय दिन नपुग्दै गलत दिशामा अघि बढेको दाबी गरे।

नेता नेपालले सरकारले सुकुमबासी, मजदुर, ट्रेड युनियन अधिकार, रोजगारी र आवास अधिकारमाथि बेवास्ता गर्दै दमनकारी नीति लिएको आरोप लगाए। उनले यस्ता कार्य तत्काल रोक्नुपर्ने भन्दै पार्टी सम्बद्ध मजदुर संगठनलाई विरोधमा उत्रन पनि आग्रह गरे।

उनले भने, “सरकारले जनताको बास र रोजगारीको अधिकार खोसिरहेको छ। भावना पवित्र भए पनि काम उचित हुनुपर्छ, नत्र त्यो स्वीकार्य हुँदैन।” साथै, सरकारलाई अहिले नै पूर्ण रूपमा विरोध नगरी सुधारका लागि समय दिइएको भए पनि गलत कदम जारी रहे आन्दोलन अनिवार्य हुने चेतावनी दिए।

फरक प्रसंगमा उनले देशको भूराजनीतिक संवेदनशीलता उल्लेख गर्दै असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने बताए। उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन नसक्ने स्पष्ट पार्दै राष्ट्रिय स्वाभिमानको रक्षा सबैको दायित्व भएको बताए।

देशमा बढ्दो बेरोजगारी र युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै नेता नेपालले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। उनले मजदुर वर्गले अब सामाजिक परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिए।

यो समाचारमा

माधवकुमार नेपालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    काठमाडौं ।  नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणको लागि जेनजी पुस्तासँग छलफल अघि बढाएका छन्।राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग भेटवार्ता गरेका हुन्। राजसंस्थावादी राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा उभ्याएर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले उनले

    Data is loading...

    Loading brands...

    Loading footer...