होलीमा उच्छृङ्खलता गर्ने ६ जना पक्राउ, ४० विदेशी नम्बरका सवारी साधन नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८२ फागुन २०, बुधबार

12
Share
Featured

काठमाडौँ

होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा खलल पार्ने र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यमा संलग्नहरूमाथि रौतहट प्रहरीले निगरानी बढाएको छ ।

यसै क्रममा, होली मनाउने बहानामा मदिरा सेवन गरी उच्छृङ्खल र अराजक गतिविधि गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्वजनिक स्थलमा जथाभावी रङ दल्ने, होहल्ला गर्ने र सर्वसाधारणलाई सास्ती दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

त्यसैगरी, आसन्न निर्वाचनको आचारसंहिता विपरीत सञ्चालन भइरहेका ४० वटा विदेशी नम्बरका सवारी साधनहरू पनि नियन्त्रणमा लिइएको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन जारी आचारसंहिता उल्लंघन गर्दै चलाइएका ती साधनहरूलाई विभिन्न सुरक्षा चेकजाँचका क्रममा समातिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।

उनका अनुसार नियन्त्रणमा लिइएका ६ जना व्यक्ति र ४० वटै सवारी साधनका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । प्रहरीले चाडपर्वका बेला कानुन विपरीतका गतिविधि नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबैमा अनुरोध समेत गरेको छ ।

यो समाचारमा

काठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

    काठमाडौँ।सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ । मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ,

    Data is loading...

    Loading brands...

    Loading footer...