दलित र उत्पिडित समूदायका मुद्दामा एमाले प्रतिवद्ध छ : अनुभूति बम नेपाली

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

14
Share
Featured
  • एमाले उन्मुक्ति समाज नेपालका महासचिव अनुभूति बम नेपालीले आसन्न ११औँ महाधिवेशनमा दलित समुदायको राजनीतिक सहभागिता, नीतिगत प्राथमिकता र पुस्तान्तरणलाई मजबुत रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
  • उनले करिब २०० दलित प्रतिनिधि सहभागिता सुनिश्चित भएको बताउँदै पार्टीमा २२ दलित केन्द्रीय सदस्यको उपस्थिति एमालेको प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरे।
  • नेपालीले ओली नेतृत्वमा दलित समुदायका हकहितका ऐतिहासिक निर्णयहरू, जस्तै थर–गोत्रका आधारमा नागरिकता सच्याउने व्यवस्था, महत्वपूर्ण उपलब्धि भएको बताए।
  • उनले दलित–उत्पीडित समुदायका मुद्दाहरू महाधिवेशनमा सशक्त रूपमा उठाइने र आगामी दशकमा नेतृत्व विकास, समानुपातिक सहभागिता र सामाजिक न्यायका एजेन्डालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन उन्मुक्ति समाज नेपालका महासचिव अनुभूति बम नेपालीले पार्टीको आसन्न महाधिवेशनबाट दलित समूदायको राजनीतिक सहभागिता, नीतिगत प्रतिवद्धता र पुस्तान्तरणको मुद्दा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा आसन्न ११औँ महाधिवेशनमा दलित, उत्पीडित समुदायका करिब दुईसय जना सहभागिताका लागि टुंगो लागिसकेको जानकारी दिंदै उनले महाधिवेशनबाट समूदायले उचित अवसर पाउनुपर्नेमा जोड दिए ।

महासचिव नेपालीका अनुसार हालै सम्पन्न विधान महाधिवेशनले विभेद र उत्पीडनलाई ‘जघन्य अपराध’ को रूपमा परिभाषित गरिसकेकाले दलित तथा उत्पीडित समुदायलाई प्राथमिकता दिने राजनीतिक मूल्य नै एमालेको आधारभूत सिद्धान्त बनेको छ ।

केन्द्रदेखि स्थानीय तहसम्म दलित सदस्यता र नेतृत्वलाई निरन्तर विस्तार गरिरहनु एमालेको विशेषता भएको उल्लेख गर्दै उनले २२ जना दलित केन्द्रीय कमिटी सदस्यको उपस्थिति पार्टीको प्रतिबद्धताको उदाहरण भएको बताए ।

उनका अनुसार मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशनका व्यवस्थापकीय तथा संगठनात्मक तयारीहरू अन्तिम चरणमा पुगिसकेको र २७ गतेको विशेष सभादेखि २८ र २९ गतेका नियमित कार्यक्रमहरू सबै योजनाअनुसार अघि बढ्ने जानकारी दिए ।

उनका अनुसार उन्मुक्ति समाज नेपाल, नेकपा एमालेका २४ जनसंगठनमध्ये एक महत्वपूर्ण संगठन भएको भन्दै उनले स्थापनाकालदेखि नै दलित समुदायका राजनीतिक, सामाजिक र आर्थिक कठिनाइलाई उठाउँदै आएको जनाए ।

दलित हक–अधिकार, समानुपातिक सहभागिता र उत्पीडन विरुद्धको एजेन्डालाई अघि बढाउन एमाले स्थापनाकालदेखि दत्तचित्त रहेको उल्लेख गर्दै उनले भने,‘हाम्रो पार्टीले ८ औँ महाधिवेशनदेखि नै दलित समुदायलाई पार्टी निर्णय–निर्माणमा नेतृत्व तहमा उठाउने स्पष्ट नीति बनाएको हो । अहिले त्यो अभ्यास संस्थागत रूपमा स्थापित भइरहेको छ ।’

नेपालीले सामाजिक क्षेत्रमा दलित समुदायले भोगिरहेको डेरा नपाउने, सेवालाभ लिन जाँदा अपमान सहनुपर्ने अवस्थाहरू स्मरण गर्दै गृहमन्त्री रहेका बेला खड्गप्रसाद शर्मा ओलीले थर–गोत्रका आधारमा दलितहरूले नागरिकता सच्याउन पाउने व्यवस्था गरेको निर्णय ‘ऐतिहासिक र जीवन–परिवर्तनकारी कदम’ रहेको बताए ।

उनको भनाइमा, दलित समुदायका हकहितका धेरै कार्यहरूमा एमाले अग्रदूत रहँदै आएको छ र आगामी दिनमा नीति तथा कार्यक्रमहरूलाई अझ संस्थागत रूपमा लैजाने प्रतिबद्धता संगठनले लिएको छ ।

उन्मुक्ति समाजले संगठन बलियो बनाउन देशभर सदस्यता विस्तार, प्रशिक्षण कार्यक्रम, वैचारिक स्कूल, कार्ययोजना निर्माण र मातहतका कमिटीहरूलाई सक्रिय बनाउने अभियान निरन्तर चलाइरहेको पनि उनले स्पष्ट पारे ।

‘मुक्ति समाज बलियो भयो भने एमाले अझ बलियो बन्छ, एमाले बलियो भयो भने देश बलियो बन्छ,’ उनले भने । ३५ वर्षभन्दा बढी समयदेखि पार्टीमा सक्रिय रहँदै आएको बताउँदै नेपालीले यसपटक महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यका लागि आफ्नो दाबी राखिएको जानकारी दिए।

पार्टीभित्र गुटगत अवस्था नरहेको र सिद्धान्त तथा नेतृत्वमा एमाले एकीकृत रूपमा अघि बढिरहेको उनको मूल्यांकन छ ।

नेतृत्वबारे उनको धारणा स्पष्ट र दृढ रह्यो । उनले भने,‘अहिलेको राजनीतिक तरल परिस्थितिलाई सही ट्यामा ल्याउने प्रभावकारी क्षमता केपी ओलीसँगै छ । ओलीको विकल्प अहिले देखिँदैन । तर पुस्तान्तरण आवश्यक छ—पुराना नेतापछि हट्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ ।’

उनले उत्पीडित तथा दलित समुदायको मुद्दालाई महाधिवेशनमा सशक्त रूपमा उठाइने उल्लेख गर्दै आगामी दशकमा नेतृत्व विकास, समानुपातिक सहभागिता र सामाजिक न्यायका एजेन्डालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्रीको तथ्यहीन अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद शाहीको माग

    काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिए।प्रधानमन्त्री शाहले आइतबारको बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको' भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...