जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ३० जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०७, शुक्रबार

11
Share
Featured

तनहुँ, भानु नगरपालिका-४ सेपाबगैचा बस्ने ८० वर्षीय विष्णुमान श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार १ सय ४५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो । 

कञ्चनपुर जिल्ला, दोधारा चाँदनी नगरपालिका-४ कालिका टोलस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सुरज परियार समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार १ सय ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपालिका-४ लक्ष्मीपुर बस्ने राजेश कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय श्रीधर पाण्डे समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

सप्तरी, कञ्चनरुप नगरपालिका नगरपालिका-४ बकाल बस्ने ४६ वर्षीय किरण कुमार चौधरीको माछा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार १० रूपैयाँ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

कञ्चनपुर जिल्लाघोराही उपमहानगरपालिकाभानु नगरपालिकाकञ्चनरुप नगरपालिका
दाङ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलेको आशङ्कामा ७४ वटा इभी सशस्त्र प्रहरीको नियन्त्रणमा

    काठमाडौँ।भन्सार छलेर नेपाल भित्र्याइएको आशङ्कामा सशस्त्र प्रहरी बलले ७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ती गाडीहरू मंगलबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बरामद गरिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार नियन्त्रणको लागि नं. ३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका

    Data is loading...

    Loading brands...

    Loading footer...