रामेछापमा आज पनि कर्फ्यु जारी, सुरक्षा व्यवस्था कडा

Author

सजिलो पत्रिका

२०८२ भदौ २८, शनिबार

8
Share
Featured
  • रामेछापमा शुक्रबार साँझदेखि शनिबार बिहानसम्म सदरमुकाम मन्थली र रामेछाप बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
  • कारागारमा भएको झडपमा २ जनाको मृत्यु र १२ जना घाइते भएपछि जिल्लामा तनाव सिर्जना भएको थियो।
  • गाउँपालिका केन्द्रहरूमा निषेधाज्ञा जारी रहँदै, शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु र निषेधाज्ञा निरन्तर गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछाप जिल्लामा आज (शनिबार) साँझ पनि कर्फ्यु जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन्। जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यो कदम चालेको हो।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार जिल्ला सदरमुकाम मन्थली र पुराना सदरमुकाम रामेछाप बजार क्षेत्रमा कर्फ्यु लगाइएको छ। मन्थलीमा अधिकांश प्रशासनिक भवन र वित्तीय संस्थाहरू रहेका छन् भने रामेछाप बजारमा कारागार, सेनाको ब्यारेक, अस्पताल लगायतका सरकारी संरचनाहरू अवस्थित छन्।


रामेछाप जिल्ला कारागारमा बिहीबार भएको झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। यस घटनापछि जिल्लामा तनावको स्थिति सिर्जना भएको थियो।

यसका साथै, जिल्लाका गाउँपालिका केन्द्रहरूमा यसअघि लगाइएको निषेधाज्ञा अहिले पनि जारी रहेको प्रशासनले जनाएको छ। सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन र कुनै पनि अप्रिय घटना हुन नदिनका लागि कर्फ्यु र निषेधाज्ञालाई निरन्तरता दिइएको हो।

यो समाचारमा

रामेछाप जिल्ला कारागारकाठमाडौँरामेछाप

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ट्राफिक उल्लङ्घन - कारबाहीबाट राजस्व सङ्कलन

    काठमाडौँ।  ट्राफिक उल्लङ्घन कारबाहीबाट  गत २४ घण्टामा राज्यकोषमा रु. २७ लाख ३६ हजार ५ सय १ राजस्व दाखिला भएको छ । कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरे बापत  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’

    Data is loading...

    Loading brands...

    Loading footer...