वातावरण संरक्षण र हरियाली प्रवद्र्धनको महान उद्देश्यका साथ सजिलो पत्रिकाले सबै विद्यालयहरूका लागि एक विशेष मेगा ट्री प्लान्टेसन भोटिङ कार्यक्रम आयोजना गर्दैछ। यो कार्यक्रम विद्यालयहरूलाई वृक्षरोपण अभियानमा सक्रिय सहभागी गराउँदै वातावरणप्रति सचेतना फैलाउने हाम्रो साझा प्रयास हो।
कार्यक्रमको मुख्य उद्देश्यः
- विद्यालयहरूमा वृक्षरोपण अभियानलाई प्रोत्साहन गर्ने।
- विद्यार्थीहरूमा वातावरण संरक्षणप्रतिको जिम्मेवारी जगाउने।
- समुदायमा हरियालीको महत्त्वबारे चेतना फैलाउने।
- वृक्षरोपणलाई एक प्रतिस्पर्धात्मक र रमाइलो गतिविधि बनाउने।
कसरी सहभागी हुने?
- यस कार्यक्रममा सहभागी हुनका लागि आजैबाट विद्यालयहरूले आफूले वृक्षरोपण गरिरहेका वा गरिसकेका तस्विरहरू हाम्रो अनलाइन पोर्टलमा अपलोड गर्नुपर्नेछ । यी तस्विरहरूलाई त्यसपछि सार्वजनिक भोटिङका लागि खुला गरिनेछ। सबैभन्दा बढी भोट प्राप्त गर्ने विद्यालयलाई सजिलो पत्रिकाको तर्फबाट विशेष सम्मान र पुरस्कार प्रदान गरिनेछ।
- सहभागिता लागि आज अषाढ २२ देखि श्रावन १० गते सम्म आवेदन दिन सक्नुहुनेछ ।
विजेतालाई विशेष सम्मान!
कार्यक्रमको विजेता विद्यालयले सजिलो पत्रिकाबाट मायाको चिनो प्राप्त गर्नेछन्। यसका साथै, विजेता विद्यालयको नाम, क्रियाकलाप र उपलब्धिहरूलाई प्रोत्साहनस्वरूप एक महिनासम्म हाम्रो वेबसाइट कबवष्यिउबतचष्पब।अयm मा निःशुल्क विज्ञापन गरिनेछ। यो अवसरले तपाईंको विद्यालयको नाम र वातावरणप्रतिको योगदानलाई व्यापक जनमानसमा पु¥याउनेछ।
आउनुहोस्, हातेमालो गरौँ!
हामी सम्पूर्ण विद्यालयहरूलाई यस महान अभियानमा सहभागी भई वातावरण संरक्षणमा आफ्नो योगदान पुर्याउन हार्दिक आह्वान गर्दछौं। तपाईंको सानो प्रयासले हाम्रो पृथ्वीलाई अझ हरियाली बनाउन ठूलो मद्दत पुग्नेछ।
सहभागिताका लागि विस्तृत जानकारी र दर्ता का लागि हाम्रो ध्जबतकबउउ वा सम्पर्क नम्बर ९८१८४०९०१४ मा सम्पर्क राख्नुहोस्।
आउनुहोस्, वृक्षरोपण गरौँ, भोट गरौँ र हाम्रो भविष्यलाई हरियाली बनाऔँ!