शूल

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

43
Share1
Featured

खै

कसरी बयान गरुं म ,

यो जिर्ण मस्तिष्कको!

बर्षौं देखि पिएको आसुले 

नमेटिएरै त होला,

 छ बांकी मेटाउनै 

यो प्यासी गला ,

खैर,

बनिसक्यो अब त

त्यै चैतमासे खडेरी जस्तै!!

अंह, 

म बटुल्न सक्दिन

यत्रतत्र छरपस्ट छरिएको 

देख्दा पनि 

यो नाजुक हृदयको अस्पस्ट कुण्ठाहरु!!

छताछुल्ल भै

 पोखिई जान त मन छ,

अपसोस ,

बियोगमै पनि त 

यी नयन,

कहिले बर्षे झरी बन्न सकेनन् !!

के थाहा र मलाई ,

कलिमा 

बिष पनि नुनिलो होला भनेर!?

त्यसैले त अल्झिरह्यो बेदना

अबोध ती,

मानसपटलका

 कुनै कुना!

र सोच्दैछु,

आखिर,

किन रह्यो त्यो बिनाकारण 

"शूल" बनेर!!!?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित

    काठमाडौँपछिल्ला केही दिनदेखि परेको अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बाढी र पहिरोका कारण कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशका विभिन्न सडक खण्डमा यातायात सेवा प्रभावित बनेको छ।कर्णाली करिडोरअन्तर्गत कालीकोट क्षेत्रमा गएको पहिरोका कारण सडक पूर्ण रूपमा

    Data is loading...

    Loading brands...

    Loading footer...